विराटनगरमा ‘एक चिहान’ नाटक मञ्चन हुने

<span class='c1'>विराटनगरमा ‘एक चिहान’</span> <span class='c2'>नाटक मञ्चन हुने</span>

विराटनगर । विराटनगरको आरोहण गुरुकुलले हृदयचन्द्र सिंह प्रधानको लोकप्रिय उपन्यास ‘एक चिहान’ लाई नाट्य रूपान्तरण गरी आगामी भदौ ११ गते, बुधबारदेखि सुशीला कोइराला नाटकघरमा नियमित रूपमा मञ्चन गर्ने भएको छ। माध्यमिक शिक्षा परिषद्को अनिवार्य नेपाली पाठ्यक्रममा समावेश उपन्यासलाई विद्यार्थी तथा कलाकारहरूका लागि सहज बनाउन यो नाटक मञ्चन गर्न लागिएको हो।

यसअघि नयाँ कलाकारहरूको खोजी गर्दै कार्यशाला सम्पन्न भइसकेको संयोजक देवेन्द्र यादवले जानकारी दिए।
नाटकले करिब सात दशक अघिको नेपाली समाजलाई प्रस्तुत गर्दै प्रजातन्त्रपछिको प्रगतिशील सोच, सांस्कृतिक सम्मिश्रण, लैंगिक समानताको आवश्यकता तथा जातीय विभेद र अन्धविश्वासमाथि व्यंग्यात्मक प्रहार गर्नेछ।

कलाकारहरू
नाटकमा अष्टनारानको भूमिकामा महेश पासवान, लतमायामा संगीता यादव, शिवनारानमा उद्धव सापकोटा, हाकुमायामा दिक्षा चौधरी, पुननारनमा गौरव खतिवडा, सिन्तलीमा उपासना राई र हर्षनारानमा शिवराज भुजेल देखिनेछन्। अन्य भूमिकामा भरत कार्की, प्रदीप दाहाल, अमिशा वाग्ले, सागर घिमिरे, निशान चौहान राई र दिव्याङ्का खड्का रहनेछन्।

नाटकको परिकल्पना तथा निर्देशन दीपेश भण्डारीले गरेका हुन्। प्रकाश परिकल्पना भरत कार्की, मञ्च परिकल्पना विकास पराजुली, चित्रकला राजन काफ्ले, र पाश्र्व आवाज रमेशचन्द्र अधिकारीको रहनेछ। यस नाटकलाई सास्थम कलेज, बगैंचा र विराट किचनले सहयोग गरेका छन्। संस्थाका अध्यक्ष भैरव क्षेत्रीका अनुसार, आवश्यकता अनुसार विद्यालय र सरोकारवालाको मागअनुसार पनि प्रदर्शन गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्