विराट टिचिङ्ग हस्पिटलमा थपियो ५ वटा अत्याधुनिक अप्रेशन थिएटर

<span class='c1'>विराट टिचिङ्ग हस्पिटलमा थपियो ५</span> <span class='c2'>वटा अत्याधुनिक अप्रेशन थिएटर</span>

विराटनगर । मोरङको बुढीगंगामा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले नयाँ थप ५ वटा अत्याधुनिक अप्रेशन थिएटर संचालनमा ल्याएको छ । अस्पतालले स्त्री रोग तथा प्रसूति सेवाको लागि थप सशक्त र प्रभावकारी बनाउन छुट्टै भवनमा ५ वटा अप्रेशन थिएटर संचालनमा ल्याएको हो । हस्पिटलले मंगलबार एक कार्यक्रमको आयोजना गरी अप्रेशन थिएटरको काठमाण्डौं विश्वविद्यालयका उपकुलपति प्रा.डा.अच्युत प्रसाद वाग्लेले समुद्धघाटन गरेका थिए ।


सन् २०१४ मा स्थापना भएको हस्टिल अहिले कोशी प्रदेशकैै अग्रणी स्वास्थ्य संस्थाको रूपमा मानिदै आएको छ । नेपालकै सबैभन्दा ठूलो १०० बेड क्षमताको इमरजेन्सी विभाग यस अस्पतालमा सञ्चालनमा रहेको छ, जसमा स्त्री तथा प्रसूति आपतकालीन सेवा पनि समावेश छ ।
नेपालकै अत्याधुनिक ल्याप्रोस्कोपीक स्त्री तथा प्रसूति केन्द्रको रुपमा रहेको यस अस्पतालमा अप्रेशन थिएटरको संख्या २४ पुगेको छ । यसअघि विभिन्न शल्यक्रियाका लागि १९ वटा अप्रेशन थिएटर सञ्चालनमा रहेका थिए । यस अस्पतालले अब स्त्री तथा प्रसूति सेवाका लागि छुट्टै भवन मार्फत ५ वटा अत्याधुनिक अप्रेशन थिएटर, २०० बेड क्षमताको वार्ड, ३० बेडको डिलक्स क्याबिन र छुट्टै गाइने आईसीयूको सुविधालाई समेत विस्तार गरेको हस्पिटलका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले जानकारी दिए ।


अहिले हस्पिटलमा २० जना भन्दा बढी स्त्री रोग तथा प्रसूति विशेषज्ञ चिकित्सकहरूको टोलीले उपचार सेवा दिदै आएका छन् । यसका साथै हस्पिटलले आधुनिक सुविधा सम्पन्न विराट खाजा घर पनि संचालनमा ल्याएको छ । हस्पिटलमा कार्यरत चिकित्सक, नर्स कर्मचारी तथा विरामीका आफन्तको लागि राम्रो सुविधा होस भनेर हस्पिटल भवनको तल्लो तलामा आजबाट संचालनमा आएको हो । यसैविच कार्यक्रममा आएका प्रमुख अथिती काठमान्डौ विश्वविद्यालयका उपकलपति प्रा.डा अच्युत प्रसाद वाग्लेसँग हस्पिटलका चिकित्सक तथा विद्यार्थीहरु अभिमुखिकरण कार्यक्रम समेत गराइएको थियो । डाक्टर पढ्दै गरेका विद्यार्थीहरुले स्वास्थ्य क्षेत्रमा भएका समस्याहरुको बारे आफ्ना कुराहरु राखेका थिए । यता उपकुलपति प्रा.डा अच्युतले विराट टिचिङ्ग हस्पिटल र्पुी क्षेत्रमा विरामीहरुको लागि राम्रो सेवा प्रदान गरेको भन्दै आउनेदिनहरुको पनि यसरी उत्कृष्ट कार्य जान सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्