विराटनगरको हाटखोला कारागारमा एक कैदी महिलाको मृत्यु

<span class='c1'>विराटनगरको हाटखोला कारागारमा एक</span> <span class='c2'>कैदी महिलाको मृत्यु</span>

विराटनगर । विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङको शौचालयभित्र १ जना महिला कैदी मृत अवस्थामा फेला परेकी छन् ।
जेलर गौरव ढुंगेलका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–६ घर भएकी ३२ वर्षीया राधिका भनिने राधा भट्टराई कारागारको शौचालयभित्र मृत भेटिएकी हुन् । घाँटीमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा भट्टराईलाई बुधबार बिहान ४ः३० बजेतिर मृत फेला पारिएको ढुंगेलको भनाइ छ ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले घटनाको प्रकृति हेर्दा झुन्डिएर आत्महत्या गरेजस्तो देखिएको बताउनुभयो । घटनाको जानकारी पाउनसाथ डीएसपी चुँडाल नेतृत्वको टोली अनुसन्धानका लागि खटिएको छ ।
जेलर ढुंगेलले आफन्त र परिवारका सदस्यलाई घटनाको जानकारी गराइसकिएको बताए । ‘आफन्त आइपुगेपछि कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि पठाइने छ ।
भट्टराईलाई पहिलेदेखि नै ‘डिप्रेसन’को समस्या रहेको पाइएको छ । जेलर ढुंगेलका अनुसार भट्टराईले २०८० माघ पहिलो साता २ सन्तान (छोरा र छोरी)सहित सप्तकोशी नदीको सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा हामफालेकी थिइन् ।

स्थानीय प्रत्यक्षर्शीले खोलामा हामफालेको देख्नसाथ उनलाई र छोरालाई सकुशल उद्धार गरेका थिए । करिब ६ वर्षकी छोरीको भने मृत्यु भएको थियो । त्यही घटनाको अनुसन्धानका क्रममा उनलाई प्रहरीले २०८० माघ ५ गते पक्राउ गर्यो । अनुसन्धान सकिएपछि उनीविरुद्ध जिल्ला अदालत सुनसरीमा कर्तव्य ज्यान मुद्धा दर्ता भयो । अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माघ २३ गते आदेश दिएपछि कारागार चलान गरिएको थियो । पछि मुद्दाको किनारा लगाउँदा अदालतले उनलाई जन्मकैद (२५ वर्ष)को सजाय सुनायो ।

जेलर ढुंगेलका अनुसार कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै भट्टराईलाई २०८१ साल कात्तिक ७ गते अदालतले जन्मकैदको सजाय हुने फैसला सुनाएको थियो । फैसला अनुसार उनी जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्