एभरेष्ट महिला भलिबल लिगमा रसियादेखि ब्राजिलसम्मका खेलाडी

<span class='c1'>एभरेष्ट महिला भलिबल लिगमा</span> <span class='c2'>रसियादेखि ब्राजिलसम्मका खेलाडी</span>

भदौ अन्तिममा पोखरामा हुने वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण खेल्न थाइल्याण्ड, नेदरल्याण्ड्स, रूस र ब्राजिलका खेलाडीहरू नेपाल आउँदैछन्।

गत वर्ष काठमाडौंमा पहिलोपटक आयोजना गरिएको यो फ्रेन्चाइज भलिबल लिगलाई यसपटक विकेन्द्रीकरण गर्दै पोखराको बहुउद्देश्यीय कभर्डहलमा भदौ २० देखि २८ गतेसम्म आयोजना गर्न लागिएको आयोजक इन्फिनिटी ड्रिम्स ले जनाएको छ।

यसपटक पनि ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। पहिलो संस्करणको विजेता कर्णाली यशविस, उपविजेता ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स र मधेश युनाइटेड निरन्तर रहनेछन् भने नयाँ टिमका रूपमा पोखरा निन्जाज र लुम्बिनी लाभाज थपिएका छन्।

लिगमा प्रत्येक टोलीले ३ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने व्यवस्था गरिएको छ। यही प्रावधानअनुसार अहिलेसम्म ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड र लुम्बिनी लाभाजले ३-३ विदेशी खेलाडी भित्र्याइसकेका छन्। पोखरा निन्जाजले पनि ३ खेलाडी अनुबन्ध गरिसकेको छ भने कर्णाली यशविसले २ मात्र भित्र्याएको छ, जसले अझ १ विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ।

यसपटक विदेशी खेलाडीहरू मध्ये थाइल्याण्ड, नेदरल्याण्ड्स, रूस र ब्राजिलका खेलाडीहरूको सहभागिता बढी रहने देखिएको छ। खासगरी ब्राजिल र नेदरल्याण्ड्सबाट पहिलोपटक खेलाडी आउने भएपछि लिगको अन्तर्राष्ट्रिय आकर्षण थपिएको छ।

गत वर्ष एशिया, युरोप, अफ्रिका र अमेरिकाबाट १८ विदेशी खेलाडी काठमाडौं आएका थिए भने यसपटक पनि उही संख्यामा अर्थात् १८ जना विदेशी खेलाडीहरू पोखरा आउने भएका छन्। यसले नेपाली महिला भलिबललाई अझै विश्वभर परिचित गराउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्