विराटनगरका मेयर कोइराला र इजरायली राजदूत बासबीच भेटवार्ता

<span class='c1'>विराटनगरका मेयर कोइराला र</span> <span class='c2'>इजरायली राजदूत बासबीच भेटवार्ता</span>

विराटनगर । नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बास र विराटनगर महानगरपालिकाका पदाधिकारीबीच भेटवार्ता भएको छ । विराटनगर आउनु भएका राजदूतले बुधबार
मेयर नागेश कोइरालासँग भेटघाट तथा छलफल गरेका हुन् ।

उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालको उपस्थितिमा भएको भेटघाटमा दुई देशबीचको सम्बन्ध, हमासको कब्जामा रहेका नेपाली युवा विपीन जोशीको रिहाई, सूचना प्रविधि र कृषिमा नेपाली युवालाई इजरायलमा रोजगारीको अवसरलगायतका विषयमा छलफल भएको थियो ।

भेटमा विराटनगर र इजरायलको वीर शिभा सहरबीच भगिनी सम्बन्ध स्थापना गर्न पहल गर्ने राजदूत बासले बताएका थिए । सो अवसरमा मेयर कोइरालाले इजरायल र इरानबीचको युद्धका क्रममा आफूलाई इजरालयबाट स्वदेश फर्काउन सहयोग गरेकोमा राजदूतमार्फत इजरायल सरकारलाई धन्यवाद व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्