नयाँ संरचनासँगै चिटिक्क रंगेलीको संसारीमाई मन्दिर

<span class='c1'>नयाँ संरचनासँगै चिटिक्क</span> <span class='c2'>रंगेलीको संसारीमाई मन्दिर</span>

इन्दु कुमारी साह
विराटनगर । मोरङको रंगेली स्थित संसारीमाई मन्दिर परीसरमा थप संरचना निर्माण कार्य भईरहेको छ । पछिल्लो समय भक्तजनको चाप बढेसंगै संरचना थपिने कार्य भएको हो ।
विगत ५ वर्ष देखि संसारीमाई मन्दिर परीसरमा विभिन्न संरचनाहरु बनिरहेको छ । रंगेली नगरपालिका ७ अवस्थित यस मन्दिरमा दैनिक हजार भन्दा बढि संख्यामा भक्तजनको उपस्थिती हुने गरेका छन् । संसारीमाई मन्दिर व्यवस्थापन समितिका सहसचिव इश्वर प्रशाद पोखरेलमा अनुसार प्रदेश सरकारको सहयोगमा संरचना निर्माण भईरहेको हो ।

यस मन्दिरको ५ विगाहा बढि क्षेत्रफल रहेको छ । उक्त क्षेत्रमा धर्मशाला, बजार क्षेत्र लगायत मन्दिर परीसर वरपर अन्य संरचनाहरु समेत बनिरहेका छन् । सहसचिव पोखरेलका अनुसार प्रदेश सरकारको १४ करोड लागतमा निर्माण कार्य भईरहेको छ । धुलीखेल निर्माण सेवा कम्पनिले ठेक्का लिएको हो । ५ वर्ष देखि लिएको ठेक्का विभिन्न समयमा म्याद थप गरिएको छ । सहसचिव पोखरेलका अनुसार अब अन्तिम म्याद सकिन केहि महिना मात्र बाँकी रहेको छ । यस मन्दिरमा मोरङ, सुनसरीका भक्तजन बढि आउने गरेका छन् ।

साथै संसारी माई मन्दिरको चर्चा बढेसंगै भारतबाट आउने भक्तजनको संख्या समेत बढ्न थालेको छ । सताब्दिऔँ देखिको यो मन्दिर पछिल्लो समय चर्चामा आईरहेको छ । अन्य दिन २ हजारको संख्यामा भक्तजन आउने गरेका छन् भने शनिवार १० हजार बढि भक्तजनको उपस्थिति रहने गरेको छ । मागेको मनोकांक्षा पुरा हुन्छ भन्न जन विश्वास समेत रहेको छ । यस मन्दिरका व्यवस्थापक गणेश कार्कीका अनुसार अहिले मन्दिरमा ३ पुजारीहरु रहेका छन् । उनले भने पहिले त एक जना। मत्र राखिएको थियो तर पछिल्लो समय भक्तजनको चाप बढेकाले ३ जना पुजारी राखिएको छ ।

उनको अनुसार संसारी माई मन्दिर विहान ४ बजे देखि पौने आठ बजेसम्म भक्तजनकालागि खुला गरीदै आएको छ । यहाँ आउने श्रदालुले लड्डु, परेवा, बोका, माताको श्रृगार सामाग्री लगायतका वस्तु प्रसादको रुपमा चढाईने गरीएको छ । मन्दिरको केन्द्रमा विशाल वृक्षको छाँयामा संसारी माईको मूर्ति अवस्थित छ । उक्त मुर्ति वरिपरि भने नवदुर्गाका विभिन्न रूपहरू राखिएको छ । शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघंटा, कूष्माण्डा, स्कंदमाता, कात्यायनी, महागौरी, र कालरात्रिको मूर्ति रहेको छ । यहाँ नौं देविको संगम पुजाअर्चाना गरीने गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्