विराटनगरमा पाँचौँ संस्करणको ‘विराट सडक महोत्सव’ हुँदै

<span class='c1'>विराटनगरमा पाँचौँ संस्करणको ‘विराट</span> <span class='c2'>सडक महोत्सव’ हुँदै</span>

विराटनगर । ऐतिहासिक नगरी विराटनगरमा आउँदै गरेको बडादशैँको अवसर पारेर पाँचौँ संस्करणको विराट सडक महोत्सव–२०८२ आयोजना हुने भएको छ ।
मन्जिना मुभिज क्रियसन विराटनगरको आयोजनामा महोत्सव आगामी असोज ६ गतेदेखि ११ गतेसम्म विराटनगरको हिमालय रोडमा आयोजना गरिने पत्रकार सम्मेलनगरी जानकारी गराएको छ ।

 

महोत्सवमा विभिन्न जातजातिका परिकार, स्थानीय तथा राष्ट्रिय स्तरका खानाका २५ वटा स्टलहरू राखिने मन्जिना मुभिज क्रियसनका निर्देशक जतिन ताम्राकारले जानकारी दिए ।
उनका अनुसार,सडक महोत्सवले सांस्कृतिक, सामाजिक तथा आर्थिक गतिविधिलाई प्रोत्साहन गर्नेछ । महोत्सव अवधिभर विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, कला–संगीत प्रस्तुति समावेश गरिने जनाइएको छ । विराटनगरवासी र आसपासका साथै छिमेकी शहर जोगवनी कटिहारका छिमेकी पाउना समेत सहभागि हुने सक्ने आयोजकले अपेक्षा राखेको छ । महोत्सवले स्थानीय व्यवसाय र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने आयोजकले विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्