जनगायक स्व.जेबी टुहुरेको चौथो स्मृति दिवस मनाइने,बम देवान र खेम नेपालीलाई सम्मान

<span class='c1'>जनगायक स्व.जेबी टुहुरेको चौथो स्मृति दिवस</span> <span class='c2'>मनाइने,बम देवान र खेम नेपालीलाई सम्मान</span>

जनगायक स्व. जेबी टुहुरेको चौथो स्मृति दिवसको अवसरमा भोलि (शनिबार) विराटनगरमा सांगीतिक तथा सम्मान कार्यक्रम आयोजना हुने भएको छ।

जेबी टुहुरे फाउण्डेशनकी अध्यक्ष निर्भिका टुहुरेले जारी गरेको प्रेस विज्ञप्ति अनुसार स्मृति दिवसको कार्यक्रम विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी बोर्डिङ स्कुलमा हुने छ। कार्यक्रममा टुहुरेका कालजयी गीत तथा संगीत प्रस्तुत गरी उनको योगदानलाई स्मरण गरिनेछ।

सोही अवसरमा सुनसरी, धरान निवासी प्रगतिवादी कवि तथा साहित्यकार बम देवान र विराटनगर निवासी गीतकार एवं संस्कृतिकर्मी खेम नेपालीलाई सम्मान गरिने फाउण्डेशनले जनाएको छ।

यसअघि स्मृति दिवसकै अवसरमा गीतकार एवं राजनीतिज्ञ लव प्रधान ‘मित्र’, कवि अनिल पौडेल र मरणोपरान्त जनकलाकार खुशीराम पाख्रिनलाई सम्मान गरिसकिएको थियो। फाउण्डेशनकी अध्यक्ष टुहुरेले यस परम्परालाई यस वर्ष पनि निरन्तरता दिइएको बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्