विराटनगर । बालबालिकाको प्रतिभा र आत्मविश्वासलाई उजागर गर्ने उद्देश्यसहित “फेस अफ विराटनगर ज्युनियर्स” कार्यक्रमको पहिलो अडिसन यही २१ भदौ २०८२, शनिबार बिहान १० बजे विराटनगरस्थित सिटी प्यालेसमा हुने भएको छ। रोनक फेशन एजेन्सीको आयोजनामा र ताज इभेन्ट्स नेपालको व्यवस्थापनमा हुने अडिसनमा ६ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले प्रतिस्पर्धा गर्न सक्नेछन्। प्रतियोगिता दुई विधामा हुनेछः फेस अफ विराटनगर लिटल : ६–१० वर्ष फेस अफ विराटनगर प्रि–टिन : ११–१५ वर्ष आयोजकका अनुसार विजेताले करिब १ लाख रुपैयाँ बराबरको पुरस्कारसहित फोटोशुट, भिडियोशुट, विज्ञापनमा अवसर, नृत्य तथा संगीत कक्षामा छात्रवृत्ति, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, साथै राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ता पाउने अवसर प्राप्त गर्नेछन्।
यसबाहेक सहभागीहरूलाई व्यावसायिक कोरियोग्राफी र ग्रुमिङ सेसन, व्यक्तित्व विकास तालिम, स्टेज पर्फर्मेन्स, सेलिब्रिटी मेन्टरशिप, प्रमाणपत्र र पदक, मिडिया एक्सपोजर, डिजाइनर ड्रेससहितको आधिकारिक पोशाक उपलब्ध गराइनेछ। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मोडलिङ तथा अभिनयमा अवसर पाउने आयोजकले जानकारी दिएको छ। अडिसनमा सहभागी हुन इच्छुकले अनलाइन फारममार्फत नाम दर्ता गर्न सक्नेछन्।