विराटनगर, भदौ १९ , करिब ४५ वर्षदेखि नेपाली बजारमा स्थापित हुँदै आएको स्टेशनरी ब्रान्ड रेन्को पेनले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारेको छ। कम्पनीले International Icon Awards 2025 मा Best Global Emerging Stationery Brand Award प्राप्त गरेको हो। उक्त पुरस्कार बलिउड आइकन मलाइका अरोराले प्रदान गर्नुभएको हो।
यो उपलब्धिले रेन्को पेनलाई केवल नेपालमै होइन, विश्वस्तरमै परिचित बनाएको छ। नवीन डिजाइन, उत्कृष्ट लेखाइको सहजता तथा प्रिमियम गुणस्तरका कारण छोटो समयमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न सफल भएको कम्पनीले जनाएको छ।
रेन्को पेनका प्रबन्ध निर्देशक नविन झुनझुनवालाका अनुसार “यो पुरस्कार केवल रेन्को पेनको मात्र नभई सम्पूर्ण नेपालकै गौरव हो। हामीलाई साथ दिने सबै शुभेच्छुक, साझेदार तथा नेपाली जनताको समर्थनले नै यस स्तरसम्म ल्याएको हो।”
कम्पनीका अनुसार यस सम्मानले रेन्कोको दृष्टि अझ स्पष्ट बनेको छ सौन्दर्य, कार्यक्षमता र नवप्रवर्तनलाई संयोजन गरेर विश्वस्तरीय प्रिमियम स्टेशनरी उत्पादन गर्ने। हाल नेपालभित्रको तीव्र विस्तार र बढ्दो निर्यातले रेन्कोलाई नेपालका सीप र सिर्जनशीलताको दूतका रूपमा अघि बढाइरहेको छ।
रेन्को पेनले पेन, मार्कर, स्केच पेन, ग्लु स्टिक लगायतका स्टेशनरी उत्पादन गर्दै आएको छ।
नेपालबाट उदाएको प्रिमियम स्टेशनरी ब्रान्डको रूपमा रेन्को पेनले विश्व बजारमा देशको नाम चिनाउने लक्ष्य अघि सारेको छ।