विराटनगर । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव (मोहम्मद डे) को अवसरमा विराटनगर महानगरपालिकाले भोली शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । महानगरपालिकाले सूचना जारी गर्दै मुस्लिम समुदायले उल्लासपूर्वक मनाउने यस अवसरमा धार्मिक र सांस्कृतिक एकताको सम्मान गर्दै विदा घोषणा गरिएको जनाएको छ ।

महानगरभित्र रहेका अत्याआवश्यक बाहेकका सेवाहरुलाई सार्वजनिक विदा दिइएको जनाएको छ । महानगर प्रमुख निमित्त प्रशासकीय अधिकृत राम प्र.ढुङ्खेलद्धारा हस्ताक्षरित सार्वजनिक सुचनामा भदौ २० शुक्रबार इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव (मोहम्मद डे) को अवसरमा विदा दिईएको जनाएको छ ।
यसअघि पनि विराटनगरमा दशैँ, तिहार, होली, छठ लगायत विभिन्न धार्मिक पर्वहरूमा सार्वजनिक विदा दिइँदै आएको छ । यसपालि मोहम्मद डेमा विराटनगरमा सार्वजनिक विदा दिनुपर्ने मुस्लिम समुदायले बुधबार विराटनगर महानगरपालीकाकी उप प्रमुख शिल्पा निरला कार्कीसामु माग राखेको थिए ।