मोरङको नेमुवामा सवारी दुर्घटनामा परी विद्यार्थीको मृत्यु

<span class='c1'>मोरङको नेमुवामा सवारी दुर्घटनामा परी</span> <span class='c2'> विद्यार्थीको  मृत्यु</span>

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित नेमुवा मोड नजिक  भएको सवारी दुर्घटनामा एक बालकको ज्यान गएको छ । दुर्घटनामा ८ वर्षीय शम्भु पौडेलको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय नेमुवाका अनुसार बिहान करिब  ४   बजे उत्तरतर्फ जाँदै गरेको सवारीले ठक्कर दिएको हो । प्रदेश.१–०२–००२ च ४६६५ नम्बरको पिकअप गाडीले बाटो क्रस गर्ने क्रममा विद्यालयबाट घर फर्कदै गरेका ५ वर्षीय पौडेललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका बालकलाई तत्काल विराट टिचिङ अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरे ।

 

दुर्घटनामा संलग्न गाडी चालक सुनसरी दुहबी नगरपालिका ११ बस्ने २७ वर्षीय दीप नारायण रिजाललाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । चालकविरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पीडित बालक स्मृति बोर्डिङ स्कुलको युकेजिमा अध्ययनरत थिए । विद्यालय सकाएर घर फर्कने क्रममा उनी दुर्घटनामा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्