विराटनगरमा पारा टेबल टेनिस प्रतियाेगिता सम्पन्न

<span class='c1'>विराटनगरमा पारा टेबल</span> <span class='c2'>टेनिस प्रतियाेगिता सम्पन्न</span>

विश्व टेबल टेनिस दिवसकाे अवसरमा विराटनगरमा फरक क्षमता भएका खेलाडीहरू बिच टेबल टेनिस प्रतियाेगिता भएकाे छ । सबैका लागि टेनिक भन्ने नाराका साथमा अायाेजित उक्त टुर्नामेन्टकाे अायाेजना हिट एण्ड हैंग अाउटले गरेकाे हाे ।
राष्ट्रियस्तरका पारा टेबल टेनिस खेलाडीकाे उपस्थितिले प्रतियाेगितालाइ थप अाकर्षक बनाएकाे थियाे ।

व्हिल चेयर र अन्य क्याटेगाेरी गरि जम्मा १६ खेलाडीहरूकाे सहभागीतामा भएकाे खेलमा महिला र पुरुष दुबै समुहकाे खेलाडीहरू बिच खेल भएकाे थियाे ।
अखिल नेपाल टेबल टेनिस संघ र  संयुक्त राष्ट्र संघको युएनडिपी खेलकुद विकास अन्तरगतकाे सहकार्यबाट उत्साहित हुदै याे पारा टेबल टेनिस प्रतियाेगिता अायाेजना गरिएकाे अायाेजकले बताएका छन् ।

प्रतियाेगितामा पुरूष एकल स्टान्डिङ इभेन्ट तर्फ विवेक राइ प्रथम, स्विकृत न्याैपाने द्वितिय र दिपक बस्नेत तृतिय भएका छन् । पुरुष एकल व्हिल चेयर तर्फ अनिल कुमार साह प्रथम, राम कुमार सहनी द्वितिय, माेहमद कलाम र माेजाहिद अन्सारी तृतिय भएका छन् । यसै गरी महिला एकल स्टान्डिङ तर्फ रिया दाहाल प्रथम र पुनम राजवंशी द्वितिय भएकि छिन् ।

प्रतियाेगितामा टेबल टेनिसका काेच बिकेन थापाले यस्ता प्रतियाेगिता देशका सबै भागमा हुनु पर्ने विचार ब्यक्त गरे ।
प्रतियाेगितामा बिजयी हुने खेलाडीहरूलाइ ट्रफि र मेडलका साथै अन्य पुरस्कारहरू प्रदान गरिएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्