इन्दु कुमारी शाह
विराटनगर । जिल्ला प्रशासन कार्यालय (सिडिओ) मोरङ परिसर शुक्रबार बिहानदेखि सरसफाई थालिएको छ । मंगलवार प्रदर्शनकारीले आगजनी गरेर नष्ट भएको सिडिओ कार्यालयबाट सरसफाई थालिएको हो । सरसफाईको कार्यमा स्थानीय युवाहरू र नेपाल प्रहरीको सक्रिय सहभागिता रहेको छ । सरसफाइ अभियान अन्तर्गत कार्यालय परिसर, सडक छेउ र वरपरको क्षेत्रबाट कचेडा हटाउन थालिएको हो ।
जिल्ला प्रशासन कार्यालय नै जलेर नष्ट हुँदा नागरीकलाई सेवा प्रदान गर्न असमर्थ अवस्थामा छ । सरसफाईमा जुटेका युवाले भने अब विराटनगरलाई पहिलेको अवस्थामा फर्कन समय लाग्नेछ । तर हामी प्रहरी र प्रसासनसंग मिलेर संयुक्त रुपमा सरसफाई कार्य निरन्तर गरिरहने छौ । कार्यालय परिसरमा रहेका सवारी साधन देखि कागज दस्तावेजहरु सबै जलेर नष्ट भएको अवस्थामा छ ।
संघीय सरकारको जिल्लास्थित प्रशासनिक कार्यालयमा भएको आगजनीले नागरिकका अधिकार अन्तर्गतका धेरै कागजातहरु जलेका छन् । भीडले सन्तुलन गुमाउँदा राज्यका धेरै सार्वजानिक सम्पति नष्ट भएका छन् । जेन–जी आन्दोलनको माग विपरित भएका क्षतिको पुरण सामान्य हिसाबले मात्रै हुने देखिदैन ।
