तरकारी बोक्ने गाडीमा भेटियो विराटनगरमा २६२ किलो गाँजा

<span class='c1'>तरकारी बोक्ने गाडीमा भेटियो</span> <span class='c2'>विराटनगरमा २६२ किलो गाँजा</span>

विराटनगर । नेपालबाट भारततर्फ जादै गरेको तरकारी बोक्ने गाडीमा ठूलो परिमाणमा गाँजा फेला परेको छ । गाँजाको कारोबारमा संलग्न भएको आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ समेत गरेको छ ।


इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले विराटनगर महानगरपालिका–१५ पेट्रोल पम्प छेउबाट शनिबार राति करिब ११ः३० बजेतिर २६२ किलो ५८० ग्राम गाँजा बरामद गरेको हो । मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार सुनसरी जिल्ला ईटहरी ५ बस्ने २० बर्षिय सन्जु तामाङ र २२ बर्षिय निखिल घिमिरे रहेका छन् भने, विराटनगर १८ का ३२ बर्षिय श्याम कुमार यादव पक्राउ परेका छन् । साथै प्रहरीले मे १ च ५८२६ नम्बरको बोलेरो गाडी पनि नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्