विराटनगर । आज सेक्टम्बर १७ अर्थात असोज १ गते विराटनगर सहित विश्वका ७५ वटा देशमा एकैपटक मेगा ब्लड डोनेशन ड्राइभ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
यता विराटनगरमा रहेको तेरापंथ युवक परिषद्ले आज बुधबार विराटनगरका ८ स्थानमा आयोजना गरेको बृहत रक्तदान महोत्सवमा ५ सय ३२ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक अमित धाडेवाले जानकारी दिए ।

विराटनगरको जैन श्वेताम्बर तेरापंथ सभा भवनमा मुख्य केन्द्र बनाएर विराटनगरका विभिन्न संघसस्था, उद्योग कलकारखानामा मेगा ब्लड डोनेशन ड्राइभ महोत्सवको आयोजना गरिएको थियो ।
जैन भवनमा बुधबार विहानैदेखी आयोजना गरिएको मेगा ब्लड डोनेशन ड्राईभमा विभिन्न समाजसेवी, उद्योगी, सञ्चारकर्मी,स्वास्थ्यकर्मी, पेशाकर्मी , विद्यार्थी, बैंक वित्तिय क्षेत्रका प्रतिनिधी स्थानियवासी लगायत तेरापंथ युवा समितिका वर्तमान तथा पूर्व पदाधिकारीहरुले रक्तदान गरेको समितिका सचिव समित सुरानाले जानकारी दिए ।

परिषद्का अध्यक्ष अरिहन्त वैद्यले रक्तदान गर्ने सबै रक्तदाताहरुलाई सम्मान गर्दै प्रमाण पत्र समेत हस्तान्त्रण गरेका थिए । साथै विराटनगरमा भएको मेगा ब्लड डोनेशनमा संकलन भएको रगत जेन जी आन्दोलनमा घाईतेहरु भएकाहरुलाई प्रदान गरिने समेत समितिले जनाएको छ । मेगा ब्लड डोनेशन कार्यक्रम पस्चात साँझ जेनजी आन्दोलनमा विर प्राप्ती गरेका सहितहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिपप्रज्वलन समेत गरिएको तेरापंथ युवा परिषद् विराटनगरले जनाएको छ ।
