विराटनगर, असोज ३ ,
देशका समसामयिक विषय र सम्बन्धित निकायहरूको कामको निगरानी तथा पारदर्शिताबारे छलफल गर्न “संघर्षदेखि समाधानसम्म” नामक अन्तरक्रिया कार्यक्रम शनिबार विराटनगरमा आयोजना हुने भएको छ।
कार्यक्रम यही असोज ४ गते बिहान ११ बजे विराट सेवा आश्रम, विराटनगर–१० मा हुने आयोजकहरूले जानकारी दिएका छन्। कार्यक्रममा विशेषगरी युवा पुस्ताको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।