विराटनगर । लोकप्रिय इन्टरनेट सेवा प्रदायक भायानेटले यस वर्षको दशैंलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। हरेक वर्ष दशैंमा विशेष योजना ल्याउने भायानेटले यसपटक झन् ठूलो अफर प्रस्तुत गरेको जनाएको छ।
कम्पनीका अनुसार, यस दशैंमा नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो सेवा नवीकरण गर्ने सबै ग्राहकले छुट र उपहार पाउनेछन्। अफर अन्तर्गत रु. ३,००० पर्ने मेस राउटर रु. ५०० छुटसहित रु. २,५०० मा उपलब्ध हुनेछ। त्यस्तै, रु. १०,७४९ पर्ने डूअल ब्याण्ड फोन छुटसहित रु. ८,२९९ मा पाइनेछ। साथै, ग्राहकले ४३-इन्चको हिमस्टार स्मार्ट टिभी रु. २७,९९९ मा खरिद गर्न सक्नेछन्।
यसबाहेक, रु. ८,४०० माथि इसेवा एपमार्फत भुक्तानी गर्ने ग्राहकले PromoCode VIA300 प्रयोग गरी रु. ३०० क्यासब्याक प्राप्त गर्नेछन्। यससँगै, ग्राहकले “Spin the Wheel” मा भाग लिएर थप उपहार जित्ने अवसर पनि पाउनेछन्। स्पिनमार्फत भाग्यशाली विजेताले १२ महिना, २ महिना वा १ महिना सम्म निःशुल्क इन्टरनेट सेवाको सुविधा पाउन सक्नेछन्। भायानेटका अनुसार, यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ।