विराटनगरको तेजस्वी सहकारीको १३ औँ बार्षिक साधारणसभा सम्पन्न

<span class='c1'>विराटनगरको तेजस्वी सहकारीको १३</span> <span class='c2'>औँ बार्षिक साधारणसभा सम्पन्न</span>

विराटनगर । विराटनगर ५ मा त्रिमुती चौकमा रहेको तेजस्वी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८१र ८२ मा १४ लाख ७९ हजार २५१ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सहकारीको शनिबार विराटनगरमा सम्पन्न १३ औँ वार्षिक साधारणसभामा यस्तो जानकारी दिइएको हो।

 

साधारणसभामा सहकारीका कोषाध्यक्ष कमलप्रसाद कोइरालाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार, संस्थाले समीक्षा अवधिमा कुल १ करोड २ लाख १६ हजार ७९५ रुपैयाँ आम्दानी गरेको छ। सोही अवधिमा संस्थाको कुल खर्च ८३ लाख ६७ हजार ७३१ रुपैयाँ रहेको छ।
कार्यक्रममा सहकारीकी सचिव मीना खनालले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै हाल सहकारीमा ७९१ जना सेयर सदस्य आबद्ध रहेको जानकारी दिइन् ।


प्रतिवेदन अनुसार, सहकारीले हालसम्म ६ करोड ६९ लाख ६१ हजार ९५ रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ। त्यसैगरी, सदस्यहरूको आर्थिक उन्नतिमा सघाउन ३ करोड ३२ लाख ६० हजार ९०१ रुपैयाँ कर्जा लगानी गरिएको छ। संस्थाको कुल सेयर पुँजी २ करोड ४२ लाख २०० रुपैयाँ पुगेको साधारणसभामा जानकारी गराइयो। कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने सदस्य तथा २०८१ सालको प्लस टुको परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्