विराटनगर, असोज ५ , विराटनगर–४ स्थित ह्यापी आवर हेभन रेस्टुरेन्टले आफ्नो दोश्रो वर्ष प्रवेशको अवसरमा असोज ६ गतेदेखि १२ गतेसम्म विशेष एनिभर्सरी विक मनाउने भएको छ। वार्षिकोत्सवलाई दशैँको उल्लाससँगै मनाउने उद्देश्यले रेस्टुरेन्टले विविध आकर्षक कार्यक्रमको तयारी गरेको छ।
रेस्टुरेन्टका अनुसार एनिभर्सरी विकको अवधिमा २ रुपैयाँको खाना अफर, गोल्डेन टिकट स्किम र साँझमा म्युजिकल नाइटको आयोजना हुनेछ। दशैँको रमाइलोलाई थप रोचक बनाउन रेस्टुरेन्ट परिसरमै लिङ्गे पिङ पनि तयार गरिएको छ।
करिब दुई वर्षअघि सञ्चालनमा आएको ह्यापी आवर हेभनले छोटो समयमा नै स्वादिलो खाना, लाइभ म्युजिक र उत्कृष्ट हस्पिटालिटीका कारण विराटनगरका ग्राहकको मन जित्न सफल भएको छ।
आयोजकले दशैँ र वार्षिकोत्सव दुबै अवसरलाई उत्सवमय बनाउन सबैलाई सहभागी हुन आमन्त्रण गरेका छन्।