काठमाडौँ। बजारमा सुकेको प्याजको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सुकेको प्याजको मूल्य घटेको हो । आज कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३४ देखि अधिकतम ३६ रुपैयाँमा किनबेच भइरहेको छ ।
औसत मूल्य भने ३४ रुपैयाँ कायम छ । हिजो प्याज प्रतिकिलो थोकमा न्यूनतम ३५ देखि अधिकतम ३७ रुपैयाँमा किनबेच भएको थियो ।