विराटनगर । विराटनगर आयोजित रिद्धि सप्लायर्स, हिकभिजन नेपाल र निओटेरिक नेपालको सहकार्यमा ज्ञान–साझेदारी कार्यक्रम शनिवार सम्पन्न भएको छ । मोरङ जिल्ला प्रहरी कार्यालयका एसपी नारायण चिमरिया प्रमुख अतिथि रहेका कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, जिल्ला ट्राफिक कार्यालय प्रमुख राजन लम्साल, निओटेरिक नेपालका उपाध्यक्ष योगेश रोय, हिकभिजन च्यानल सेल्स म्यानेजर मोहम्मद चुन्ना, मार्केटिङ म्यानेजर अमर पुडासैनी लगायतको उपस्थिति थियो ।

रिद्धि सप्लायर्सका प्रबन्ध निर्देशक जयन्त कुमार बोथराको विशेष पहलमा आयोजना गरिएको कार्यक्रममा सहभागीलाई हिकभिजन र इजिविजका उत्पादनबारे विस्तृत जानकारी दिएका थिए । । लाइभ गार्ड क्यामेरा, पीटी क्यामेरा, कलरभ्यु ३.०, इन्टरएक्टिभ डिस्प्ले, मिनमो फेस रिकग्निसन टर्मिनल र एएनपीआर क्यामेरा जस्ता नवीनतम सुरक्षा उपकरणहरूको प्रदर्शनसमेत गरिएको थियो ।

यी उत्पादनमा चेतावनी लाइट र सायरन, स्मार्ट डिटेक्सन, मोबाइल अलर्ट, ३६० डिग्री कभरेज, अटो ट्र्याकिङ, उच्च जुम, रातिमा रंगीन दृश्य, गुणस्तर, अनुहार पहिचान तथा नम्बर प्लेट चिन्ने सुविधा जस्ता विशेषता रहेको बताइएको छ । आयोजकहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने प्रतिवद्धता जनाएका छन् ।
