विराटनगर । विराटनगरमा जेनजी आन्दोलनका कारण अस्तव्यस्त भएका ट्राफिक व्यवस्थापनका लागि आज (मङ्गलबार) विराटनगर युथ रिभोलुसनका युवा टिमले मोरङ प्रहरी प्रमुख (एसपी)कवित कटवाललाई ध्यानाकर्षण गराएका छन् ।
ट्राफिक व्यवस्थापन गर्न युवाहरुसँग समन्वय गरेर अगाडि बढ्ने योजना आफुले बनाएको र चाँडै एक्सनमा उत्रिने आश्वासन दिनु भएको छ। त्यसैगरी विराटनगर युथ रिभोलुसनका टिमले उक्त ध्यानाकर्षण विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीलाई पनि गराइएका छन् ।
दशैं तिहारको समयमा ट्राफिक अस्त हुँदा सर्वसाधारण जनतामा समस्यामा परेको भन्दै सम्बन्धित निकायमा ध्यानकर्षण गराइएको टिमका सदस्य दिपल बजंराले जानकारी दिनुभयो।