विराटनगरको जेन्जी आन्दोलनमा भन्सार कार्यालयबाट चोरी भएका सामान प्रहरीले खोजेर बुझायो

<span class='c1'>विराटनगरको जेन्जी आन्दोलनमा भन्सार कार्यालयबाट चोरी</span> <span class='c2'>भएका सामान प्रहरीले खोजेर बुझायो</span>

विराटनगर । गत भदौ २४ गते विराटनगरमा भएको जेन्जी आन्दोलनको क्रममा चोरी भएका सामग्री ईलाका प्रहरी कार्यालय रानी विराटनगरले नियन्त्रणमा लिएर रानी भन्सारलाई बुझाएको छ । आन्दोलनको नाउँमा उग्र भीडमा उत्रिएका समूहले कार्यालय भित्रका विभिन्न सामग्री र सवारी साधन चोरी भएको थियो । आन्दोलनको नाँउमा चारी भएका सामाग्री विभिन्न वस्ती तथा एकान्त ठाँउमा वेवारिसे अवस्थामा छाडिएका सामानहरु संकलन गरेर विराटनगर रानी भन्सारलाई मंगलबार बुझाएको हो ।


ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक कविन राईका अनुसार भन्सार कार्यालयबाट चोरी भएका कम्प्युटर, ल्यापटप, प्रिन्टर, फ्रिज, सोफा सेट, कुर्सी, टेबल लगायतका फर्निचरहरू बरामद गरिएका छन् । यस्तै, एक दर्जनभन्दा बढी सरकारी तथा निजी सवारी साधन पनि आन्दोलनकै समयमा चोरी भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय रानीले सुचनाको आधारमा विभिन्न ठाँउहरुमा पुगेर चोरी गर्नेको घर घरमा पुगेर सामान नियन्त्रणमा लिएको थियो । प्रहरी निरीक्षक राईका अनुसार चोरी भएका बाँकी सामग्री र सवारी साधन फेला पार्ने कार्य अझै जारी रहेको छ । यसअघि आन्दोलनमा सहभागि उग्र समूहले भन्सार क्षेत्रभित्र तोडफोड गर्दै कार्यालय सञ्चालनमा अवरोध पुर्‍याएका थिए । प्रहरीका अनुसार आन्दोलनका क्रममा संलग्नहरूको खोजी कार्य तिव्र रहेको र उनीहरुको खोजी गरी कानुनी कारबाही अघि बढाइने मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्