रंगेलीको सन्सारी माइस्थानमा सोमबार प्रदेशस्तरीय फूलपाती बढाँईको तयारी अन्तिम चरणमा

<span class='c1'>रंगेलीको सन्सारी माइस्थानमा सोमबार प्रदेशस्तरीय</span> <span class='c2'>फूलपाती बढाँईको तयारी अन्तिम चरणमा</span>

विराटनगर । मोरङको रंगेलीस्थित संसारी माई मन्दिरमा यसवर्षपनि कोसी प्रदेशस्तरीय फूलपाती बढाइँ गर्ने तयारी तिव्र पारिएको छ । नौरथाको सातौं दिन महासप्तमीका दिन रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मन्दिर परिसरबाट बढाइँ आरम्भ हुनेगर्छ । कोसी प्रदेश सरकारले आठ वर्षअघि सन्सारी माई मन्दिरमा प्रदेशस्तरीय फूलपाती बढाँई गर्ने निर्णय गरेको थियो । त्यस अगाडी स्थानीय नागरिकसँग नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सन्सारी माइस्थानबाट फूतपाती बढाँई गर्दै आएका थिए ।


सन्सारी माई मन्दिरका अध्यक्ष संजीव श्रेष्ठका अनुसार यसवर्ष समेत प्रदेशस्तरीय बढाइँका लागि तयारी गरिएको छ । आगामी सोमबार महासप्तमीका दिन कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीसहित मन्त्रीहरुको उपस्थितिमा बढाइँ गर्ने कार्यक्रम तयारी भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

कोसी प्रदेशको राजधानी विराटनगरबाट २२ किलोमिटर पूर्वको चिसाङ खोला किनारमा मन्दिर पर्छ । नवरात्र भर १० दिनसम्म रंगेलीमा ११ जना ब्राम्हणले चण्डी पाठ पारायण गर्ने काम भइरहेको छ । हरेक साँझमा भजनकिर्तन हुँदै आएको श्रेष्ठले जानकारी दिए । साँझ ७ बजेदेखि अहिले ११ बजेसम्म मन्दिर परिसरमा भजनकिर्तन हुने गरेको हो । रंगेलीमा फूतपाती बढाँई गर्दा सन्सारी माइस्थानबाट डोलीसहित रंगेली– ६ को पब्लिक उच्च माध्यमिक विधालय नजिकैको बेलको रुखमुनी विधिवत पूजा गर्ने गरिन्छ । जोडी बेलमा पूजापाठ गरेपछि त्यसलाई रंगेलीकै काली मन्दिरमा फूलपाती भित्र्याउने चलन छ । लिस्नो (सिँढी) मा चढेर बेल काटेपछि विधिवत रुपमा फूलपाती भित्र्याउने कार्य शुभारम्भ हुन्छ ।

सन्सारी माई स्थानबाट सांस्कृतिक झाँकीसहित निकालिएको डोली जात्रा रंगेली बजारको काली मन्दिरसम्म पु¥याइन्छ । यसमा नेपाली सेनाको टुकडीसमेत सहभागी हुने गर्छ । कोसी प्रदेशकै दर्शनीय पीठको रुपमा विकास भएको सन्सारी माई मन्दिर र स्थानीय काली मन्दिर धार्मिक पर्यटकीय स्थलको रुपमा विकास भएको छ । धार्मिक पर्यटन प्रवद्र्धन र विकासमा प्रदेश सरकारले समेत यसलाई सहयोग गर्दै आएको छ ।

फुलपाती बढाइँमा रंगेली, सुनवर्षी, रतुवामाई नगरपालिका, धनपालथान र कानेपोखरी गाउँपालिका तथा छिमेकी भारतबाट ठूलो संख्या भक्तजन सहभागी हुन्छन् । त्यस बाहेक झापा र विराटनगरदेखिका भक्तजन समेत आउने गरेका छन् । फूलपाती बढाइँका अवसरमा नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी र विभिन्न जातिका झाँकीसमेत निकालिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्