जेनजी सरकार आएपछि भन्सारबाट हट्यो ‘घुँडे बील मूल्यांकन’

<span class='c1'>जेनजी सरकार आएपछि भन्सारबाट</span> <span class='c2'>हट्यो ‘घुँडे बील मूल्यांकन’</span>

विराटनगर । विराटनगरका उद्योगी देवकीनन्दन अग्रवालले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको एउटा स्टाटस ‘भन्सारमा घुँडे बील आजदेखि खारिज’ ले निक्कै चर्चा पायो । यसको कारण थियो भन्सार बिन्दुमा ‘अनलाइन भ्याल्युसएन सफ्टवेयर’ का आधारमा मालवस्तुको मूल्यांकन र जाँचपास ।

सरकारले आयात हुने मालवस्तुको भन्सार जाँचपास गर्दा सन्दर्भ मूल्यसूची पुस्तिकाबाट नभई विश्वव्यापी मूल्य प्रणालीका आधारमा वस्तुको जाँचपास गर्ने भएपछि पूर्वका उद्योगीले यसलाई दशवर्षपछि आफ्ना मागको सुनुवाई भएको भन्दै खुशी व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका राजस्व परामर्श समिति सभापति समेत रहनु भएका अग्रवालले लामो समयपछि सरकारले भन्सार बिन्दुमा सन्दर्भ मूल्यसूची पुस्तिका विस्थापन गरेर अनलाइन भ्याल्युएसन प्रणाली लागु गरेको बताए । उनले यो माग उद्योगीहरुले लामो समयदेखि राख्दै आएपनि कार्यन्वयनमा ढिलाई भइरहेको बताएका छन् । भन्सार विभागले सन्दर्भ मूल्य पुस्तिका कार्यन्वयन गर्दा वा नगर्दा पनि भन्सार बिन्दुमा स्वघोषणा गर्दा घुँडामा लेखेर यति मूल्य भनेर वस्तु जाँचपास गर्नुपर्ने बाध्यता रहेको उनको ब्यङग्यात्मक भनाई छ ।

सन्दर्भ मूल्य पुस्तिकामा उल्लेख मूल्य र आयात गरिएका वस्तुको मूल्य कहिल्यै पनि मेल नखाने गरेको उद्योगी–व्यापारीको भनाई छ । सन्दर्भमूल्य पुस्तिकामा जुनमूल्य हुन्थ्यो, कि त कम कि त बढी हुने गरेको अवस्थाबाट अनलाइन हुँदा वास्तविक हुने पैठारीकर्ता बताउँछन् ।
बुधबार अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले विराटनगर भन्सार कार्यालयमा यसको शुभारम्भ गरेका थिए । त्यसपछि पूर्वका उद्योगीले यसलाई व्यापार सहजीकरणमा सकारात्मक सुधारको रुपमा हेरेका हुन् । खनाल जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारका अर्थमन्त्री भएकाले पनि सुधार हुने विश्वास धेरैछ । सुशासन र पारदर्शिताको मागको जगमा भएको आन्दोलनले पुराना दलहरुको विरासतलाई धारासाही बनाउने प्रयास गरिरहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले अर्थमन्त्री खनाल समक्ष प्रस्तुत सुझावपत्रमा भन्सार विभागले बढी राजस्व संकलन गर्ने नाममा छुट्टै मूल्यांकन पुस्तिकालाई आधार बनाउने परिपाटी खारेज हुनुपर्ने माग सम्बोधन भएको उल्लेख गरेका छन् । अध्यक्ष राउतले अनलाईन भ्यालुएशन सफ्टवेयर प्रणालीको मूल्यांकन पद्धतीको सुरुवात हुँदा यसले व्यवसायिक वातावरणमा विश्वास बढाएको सुझाव पत्रमा उल्लेख गरेका छन् । अध्यक्ष राउतले यो माग पुरानै भएपनि अहिले कार्यन्वयनमा जानु सकारात्मक भएको बताउँदै यो प्रणालीलाई सफल बनाउन उद्योगी–व्यवसायी सचेत रहेको बताएका छन् ।

उनले जेनजी आन्दोलनपछि गठन भएको सरकारले यसलाई कार्यन्वयन गरेको भएपनि यसको तयारी अगाडीको सरकारले नै गरिरहेकोमा आफू विश्वस्त रहेको पनि बताएका हुन् । यद्यपी यो कार्यन्वयनमा कुनै तिथीमिति पर्खनु नपर्ने विषयमा वर्तमान सरकार गम्भीर रहेकोमा आफूहरुले स्वागत गर्नुपर्ने उनको धारणा छ ।
यसैगरी मोरङ–उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले यसलाई सकारात्मक कदमको रुपमा बुझनुपर्ने बताएका छन् । अहिले हरेक वस्तुको मूल्य सबैले यकिन गर्नसक्ने परिस्थितिमा पनि सन्दर्भ मूल्य पुस्तिकाको नाममा वस्तुको दर तोक्ने कुरा वैज्ञानिक नहुने धारणा राखेका हुन् । अब अनलाइन भ्याल्युसन प्रणालीमार्फत हुँदा वस्तुको वास्तविक मूल्य भन्सारमै यकिन हुने हुँदा कालोबजारीको समस्या समेत हल हुने े बुझाई छ । अध्यक्ष राठीले भारतको जीएसटी दर अनुरुप नेपालमा आयात दरहरु समेत नेपालमा परिमार्जन गर्नुपर्ने आवश्यकता अहिले रहेको बताउँदै भनेका छन्–सरकाले यसमा चासो दिए अझै राम्रो हुन्थ्यो । राठीका अनुसार ५० वस्तुहरुमा नेपाल र भारतको कर प्रणालीको तुलानात्मक तालिकामा अध्ययन गर्न पनि सरकारसँग अनुरोध गरेका छन् ।

विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले बुधबार शुभारम्भ भएको अनलाइन भ्याल्युसन प्रणालीको कार्यन्वयन बिहीबारदेखि नै सुरु भइसकेको छ । यसका भन्सारको आसिकुडा सिस्टममा रहेको ९० दिनसम्मको वस्तुको मूल्यांकन र अन्तराष्ट्रिय बजारको मूल्यका आधारमा भन्सार जाँचपास हुनेछ । तर, यसमा नेपालमा पनि विश्वासयोग्य कारोबार गर्ने कम्पनी र विदेशमा समेत चलिरहेका कम्पनीको तारदतम्य मिलाउने चुनौत भने छ । विदेशमा पनि दराजका कम्पनी हुन्छन्, भन्सार प्रमुख श्रेष्ठले भने—कारोबार चाँहि नगर्ने तर कारोबार देखाउने उहाँ पनि छन्, यस्तामा हामीले विशेष ध्यान दिनुपर्ने स्थिति चाँहि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्