जिल्ला प्रशासनलाई जीवन विकासकाे सहयोग

<span class='c1'>जिल्ला प्रशासनलाई जीवन</span> <span class='c2'>विकासकाे सहयोग</span>

विराटनगर । जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा क्षतिग्रस्त भएकाे जिल्ला प्रशासन कार्यालय माेरङलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले प्रिन्टर सहयोग गरेको छ । कार्यालयकाे सेवा सञ्चालनका लागि बिहीबार ३ वटा प्रिन्टर सहयाेग गरेकाे हाे । जीवन विकास लघुवित्त वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत दामाेदर रेग्मीले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई सहयाेग सामग्री हस्तान्तरण गरे ।

गत असाेज २४ गते भएको आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय माेरङका सबै संरचना जलेर ध्वस्त भएको थियाे । ध्वस्त संरचना मर्मत गरि प्रशासनकाे सेवा प्रवाहका लागि विभिन्न संघ संस्थाले सहयाेग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्