एभरेष्टको मन्टेश्वरी तहका बालबालिकालाई लक्षित गर्दै सांस्कृतिक अभ्यासमूलक कार्यक्रम

<span class='c1'>एभरेष्टको मन्टेश्वरी तहका बालबालिकालाई लक्षित</span> <span class='c2'>गर्दै सांस्कृतिक अभ्यासमूलक कार्यक्रम</span>

‘शिशु अवस्थामा संस्कार, बाल्यावस्थामा संस्कृति’ भन्ने मूल मन्त्रका साथ विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले मन्टेश्वरी तहका बालबालिकालाई लक्षित गर्दै सांस्कृतिक अभ्यासमूलक कार्यक्रम सम्पन्न गरेको छ ।

स्कुल परिसरमा बिहीबार सम्पन्न कार्यक्रममा दशैं, तिहार, म्ह पूजा, छठ पर्व, नेपाल सम्बतलगायतका प्रमुख नेपाली चाडपर्वका धार्मिक–सांस्कृतिक पक्षलाई व्यवहारिक अभ्यासमार्फत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बालिकाहरूलाई दशैंका नवदुर्गाको स्वरूपमा सजाएर पहिलोदेखि नवौं दिनसम्म पूजा गरिने परम्परालाई जीवन्त ढंगले उतारिएको थियो । सप्तसती चण्डी कथाअनुसार असत्यमाथि सत्यको विजय कसरी सम्भव भयो भन्ने सन्देश दिन विद्यार्थीहरूले नृत्यमार्फत दैत्य संहारको दृश्य पनि प्रस्तुत गरे ।

यसैक्रममा विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले नवदुर्गाको पूजा गर्दै विद्यार्थीहरूलाई टिका र जमरा लगाई आशीर्वाद प्रदान गरे । कार्यक्रममार्फत ठूलाबाट सानालाई आशिर्वाद लिने संस्कारको महत्त्व पनि उजागर गरिएको थियो ।

तिहारपश्चात आउने छठ पर्वको महत्त्वसमेत विद्यार्थीहरूकै सक्रियतामा प्रस्तुत गरिएको कार्यक्रमको अर्को विशेषता थियो । विष्णु र लक्ष्मीको प्रतीक स्वरूप बालबालिकालाई तयार पारेर तिहारमा गरिने दियो बाल्ने, फूलमाला बनाउने, पूजाको विधि, देउसीभैलोलगायतका सांस्कृतिक अभ्यास गराइएको थियो ।

दशैंमा खेलिने पिङ, चङ्गादेखि तिहारको देउसी भैलोसम्मको अभ्यास गराइएको कार्यक्रमबारे जानकारी दिँदै एभरेष्ट मन्टेश्वरी इन्चार्ज मेलिना ओलीले बालबालिकालाई धार्मिक पात्रका रूपमा प्रस्तुत गर्न विशेष परिश्रम गर्नुपरेको बताइन् ।

विद्यालयका प्रिन्सिपल पुरीका अनुसार पछिल्लो समय अभिभावकहरू आफ्ना सन्तानलाई धर्म संस्कृति सिकाउन समय दिन सकिरहेका छैनन् । त्यसैले बाल्यकालमै संस्कृति सिकाउने उद्देश्यले विद्यार्थीहरूको प्रत्यक्ष सहभागितामा यस्तो अभ्यासमूलक कार्यक्रम गरिएको हो ।

‘आजका बालबालिकाले भोलिका दिनमा संस्कार बोकेर अघि बढुन् भन्ने चाहना बोकेर हामीले चाडपर्वको माध्यमबाट संस्कृति सिकाउने प्रयास गरेका हौं,’ उनले भने,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्