रामलाल गोल्छा आँखा अस्पतालको वार्षिक साधारणसभा सम्पन्न

<span class='c1'>रामलाल गोल्छा आँखा अस्पतालको</span> <span class='c2'>वार्षिक साधारणसभा सम्पन्न</span>

विराटनगर, असोज १०,
विराटनगरस्थित रामलाल गोल्छा आँखा अस्पतालले आफ्नो वार्षिक साधारणसभा तथा विजय दशमीको शुभकामना कार्यक्रम सम्पन्न गरेको छ। अस्पतालकै सभाहलमा आयोजित कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।

पूर्वी नेपालको पहिलो आँखा अस्पतालको रूपमा परिचित गोल्छा आँखा अस्पतालमा हाल तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंका वरिष्ठ डाक्टरहरूले नियमित परामर्श तथा उपचार सेवा प्रदान गर्न थालेका छन्। तिलगंगाको व्यवस्थापनमा सञ्चालित यस अस्पतालले अत्याधुनिक प्रविधिसहित उच्च गुणस्तरीय र सर्वसुलभ सेवा उपलब्ध गराउँदै आएको छ।

सन् २०३९ सालमा स्थापना भएको गोल्छा आँखा अस्पतालले कोशी प्रदेशका विभिन्न जिल्लामा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै हजारौं बिरामीलाई उच्चस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्