जेनजी आन्दोलनमा नोक्सान हुन पुगेको महानगरलाई कम्प्युटर र प्रिन्टर सहयोग

<span class='c1'>जेनजी आन्दोलनमा नोक्सान हुन पुगेको</span> <span class='c2'>महानगरलाई कम्प्युटर र प्रिन्टर सहयोग</span>

विराटनगर । गत भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट प्रभावित बनेको विराटनगर महानगरपालिकालाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), विराटनगरले कम्प्युटर तथा प्रिन्टरहरू प्रदान गरेको छ । प्याब्सन विराटनगरले शुक्रबार महानगरमा पुगेर आवश्यक पर्ने सामाग्री महानगरपालिकालाई हस्तान्तरण गरेको हो ।

 

आन्दोलनका क्रममा महानगरपालिकाको कार्यालयमा ठूलो भौतिक क्षति पुगेपछि कार्यालयको कामकाज प्रभावित भएको थियो । यस अवस्थालाई मध्यनजर गर्दै प्याब्सनले तत्काल सेवा सुचारु गर्न सहयोग पुर्‍याउने उद्देश्यले शैक्षिक प्रशासन महाशाखाका लागि दुई थान डेस्कटप कम्प्युटर र दुई थान प्रिन्टर उपलब्ध गराएको छ । त्यसैगरी, राजश्व महाशाखाको सहज सञ्चालनका लागि दुई थान डेस्कटप कम्प्युटर र एक थान थ्री इन वन प्रिन्टर तथा स्क्यानर प्रदान गरिएको छ ।

विपद्को समयमा एकअर्कालाई साथ दिनु सामाजिक दायित्व भएको बताउँदै प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले महानगरपालिकाको सेवा प्रवाहलाई सहज बनाउन सानो सहयोग गरिएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्