विराटनगर । विराटनगर महानगरपालिका–१६ रानीमा रहेको ऐतिहासिक काली दुर्गा मन्दिर धार्मिक आस्था र सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थलका रूपमा परिचित छ । झण्डै सय वर्षभन्दा पुरानो मानिने यो मन्दिरमा शक्तिस्वरूपा माता कालीको पूजा गरिदै आएको छ ।
स्थानीयका अनुसार भारत–नेपाल सीमा नजिकै रहेको काली दुर्गा मन्दिरमा भक्तजनहरू विशेषगरी दशैं, तिहार, कालरात्रि र नवदुर्गा पर्वमा विशेष पूजाआजा गर्न आउने गरेका छन् ।

विराटनगर जुटमिलको पर्खालसँगै जोडिएको यो मन्दिरको भने छुट्टै पौराणिकालिन विशेषता रहेको मन्दिर व्यावस्थापन समिति ट्रष्ट अध्यक्ष गोपालप्रसाद साहले बताउनुभयो ।
विराटनगर रानी क्षेत्रको एक मात्र पुरानो पौराणिक धरोहरको रुपमा रहेको मन्दिरमा गत बर्षदेखी पुजारी राखेर पुजाआजा गर्न आउनेहरुलाई सहज र व्यावस्थित पारिएको साहले जानकारी दिनुभयो ।

विगतमा विहानैदेखी भक्तालुजनहरुको बाक्लो भिड लाग्ने गर्दथ्यो । तर अहिले केहीबर्ष यता आमभक्तजनहरुको उपस्थिति कम देखिएको त्यहाँ आउने भक्तजनहरु बताउछन् । उनीहरु भन्छन् अहिलेको विषम परिस्थिती र यहाँका युवाहरु विदेश पलायन भएका कारण पनि भक्तजनहरुको कमी भएको हो किन भन्ने उनीहरुको अनुमान छ ।

सीमावर्ती भारतीय जोगवनीबाट श्रद्धालु पनि ठूलो संख्यामा यहाँ भित्रिने भएकाले यो स्थल धार्मिक पर्यटनको दृष्टिले समेत महत्तवपुर्ण मानिदै आएको छ । मन्दिर अगाडी सडक छेउम विभिन्न ठाँउहरुबाट व्यापारीहरु आएर पसल थाप्ने गरेका छन् । विशेषगरी सानाबालबालिकाहरु मन्दिरको दर्शन तथा मेला घुम्ने गर्दछन् । उक्त स्थानमा रघुपती जुटमिल, बर्माटोल , दक्षिणगेट, पारिजात टोल, सुडी बस्ती लगायत विराटनगरबाट पनि श्रद्धालुभत्तजनहरु मन्दिर जाने गरेका छन् । तर अहिले ठाँउ ठाँउमा पण्डालहरु निर्माण गरी दुर्गा भगवानको पुजाआज गर्ने चलन बढेका कारण पनि श्रद्धालुभक्त जनहरुको कमि आएको हो कि भन्ने साहको आकंलन छ ।

धार्मिक महत्तवसँगै ऐतिहासिक वास्तुकला र परम्परागत शैलीमा बनेको मन्दिरले यहाँ आउनेलाई आकर्षित गर्ने गरेको छ । स्थानीयले मन्दिरको संरक्षण र प्रचारप्रसार गर्न सके धार्मिक पर्यटन प्रवद्र्धनसँगै विराटनगरको गौरव बढ्ने विश्वास लिन सकिन्छ ।
