मोरङ व्यापार संघद्धारा जिल्ला प्रशासन कार्यालय मोरङलाई गाडी हस्तान्तरण

<span class='c1'>मोरङ व्यापार संघद्धारा जिल्ला प्रशासन</span> <span class='c2'>कार्यालय मोरङलाई गाडी हस्तान्तरण</span>

विराटनगर । मोरङ उद्योग व्यापार संघले जिल्ला प्रशासन कार्यालय मोरङलाई एक थान ल्याण्ड रोभर गाडी उपलब्ध गराएको छ । संघले आईतबार एक कार्यक्रमको आयोजना गरी उक्त गाडी जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरेको हो । बातावरणको क्षेत्रमा काम गर्ने संस्था (सीम एन) ले चलाएको गाडी मोरङ उद्योग व्यापार संघमा रहेको थियो । उक्त गाडी मर्मत सम्भार गरेर प्रशासनलाई हस्तान्तरण गरेको छ ।

 

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रमुख जिल्ला अधिकारीको गाडीसहित कार्यालयमा आगजनी भएपछि प्रशासनलाई सवारी साधनको अभाव भएको थियो । त्यसैगरी मोरङ प्रहरीलाई पनि एक थान मोटसाइकल संघले सहयोग गरेको छ । यसअघि तीन थान मोटसाइकल जिल्ला प्रहरी कार्यालय मोरङलाई दिएको छ ।

संघका अध्यक्ष अनुपम राठीले मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गाडीको साँचो हस्तान्तरण गरेका थिए । आन्दोलनको क्रममा भएको आगजनीबाट जिल्ला प्रशासन कार्यालयको भवन पूर्ण?पमा ध्वस्त भएको थियो भने सवारी साधन पनि जलेर खरानी भएको थियो । यसले गर्दा प्रमुख जिल्ला अधिकारीलाई आफ्नो दैनिक प्रशासनिक कार्य सञ्चालन तथा शान्ति सुरक्षाको अवस्था अनुगमनका लागि आवतजावतमा कठिनाइ हुँदै आएको थियो ।

गाडी हस्तान्तरणपछि बोल्दै मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले प्रशासनको गाडी जलेर ध्वस्त भएपछि प्रमुख जिल्ला अधिकारीलाई आवतजावतमा सहजता होस् भन्ने उद्देश्यले संघले गाडी उपलब्ध गराएको बताए । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मोरङ उद्योग व्यापार संघको सहयोगप्रति आभार व्यक्त गरे । यादवले भने, यो विसम परिस्थतीमा गाडी उपलब्ध गराएर ठुलो सहयोग प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्