विराटनगरमा सुरु भयो दुई दिने ‘टिन ह्याकाथन’

<span class='c1'>विराटनगरमा सुरु भयो दुई</span> <span class='c2'>दिने ‘टिन ह्याकाथन’</span>

विराटनगर । विराटनगरको अरनीको कलेजमा स्थापित ह्याक क्लबको आयोजनामा ‘डे ड्रिम विराटनगर’ कार्यक्रम अन्तर्गत दुई दिने ‘टिन ह्याकाथन’ आइतबारदेखि सुरु भएको छ । कार्यक्रममा झापा, मोरङ र सुनसरीका ३० भन्दा बढी कलेजका २५० विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको छ ।

आयोजकका अनुसार, कार्यक्रमका लागि अनलाइनमार्फत ५०० भन्दा बढी विद्यार्थीले आवेदन दिएका थिए । छनोट भएका २५० जना विद्यार्थीहरूबाट ३–३ जनाको ४० वटा टिम निर्माण गरिएको छ । यी टिमले अब २४ घण्टाभित्र आयोजकले प्रदान गरेको थिममा आधारित भएर आ–आफ्नो प्रोजेक्ट तयार गर्नेछन् ।

यस ह्याकाथनमा उत्कृष्ट हुने टिमहरूलाई पुरस्कृत गरिनेछ । प्रथम हुने टिमले ५० हजार, द्वितीयले २५ हजार र तृतीयले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रमको निर्णायक मण्डलमा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विभागीय प्रमुख पुकार कार्की, एम्स कलेजका प्रिन्सिपल प्रशान्त पोखरेल, उद्योग संगठन मोरङका निर्देशक चुडामणी भट्टराई र विराट मल्टिपल क्याम्पसका आईटी प्रमुख सुशान्त भट्टराई रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि उद्योग संगठन मोरङका पूर्व अध्यक्ष सुवेश प्याकुरेल रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्