विराटनगर । नवरात्रको आज सप्तमीका दिन फूलपाति । विरानगरमा रहेका विभिन्न स्थानका मठमन्दिरहरुमा फूलपाति बढ्याई गरि फूलपाती भित्राइएको छ ।
मोरङ जिल्ला अदालत हातामा रहेको निशानी भगवतीको मन्दिरबाट पूजाआजा गरी फूलपाती डोलीमा राखी डोलीलाई बगलामुखी मन्दिरमा लगी पूजा गरिएको थियो ।

निशानी भगवती मन्दिरबाट डोलीमा फूलपाती राखेर बगलामुखी मन्दिरमा पुगेर पूजाआजा गरे पश्चात मेन रोडमा रहेको काली मन्दिर हुँदै पुन निशानी भगवती मन्दिर पुगेर त्यहाँ पनि पूजाआजा गर्दै फूलपाती बढाइँ गरिन्छ । फूलपाती बढाइँमा मोरङका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव , सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुख, लेखापढी कानुन व्यवसायी, कानुन व्यवसायी लगायत सर्वसाधारणको सहभागिता थियो ।

विगतमा फूलपाती बढाइँका क्रममा बगलामुखी मन्दिर र निशानी मन्दिरमा बन्दुक पड्काएर भगवतीका सलामी दिइँदै आए पनि यस वर्ष प्रहरीले ब्याण्डले मात्रै सलामी दिइएको छ ।

यसैविच विराटनगर ३ स्थित ठूलो मिल छेउमा रहेको राधाकृष्ण शिव पन्चायन मन्दिरबाट फूलपाती बढ्याइँ गरिएको छ । कोशी प्रदेशका सासद भीम पराजुली,मन्दिरका गुरु लगायत स्थानियवासीहरुले तीनपैनीमा पुगेर बेलको रुखमा पुजापाठ गरि पुन मिलमा पुगेर फूलपाती बढ्याइँ समापन गरेका छन् ।
