जेन जी आन्दोलन र भविष्यको दिशाबोध विषयक अन्तकृया सम्पन्न

<span class='c1'>जेन जी आन्दोलन र भविष्यको</span> <span class='c2'>दिशाबोध विषयक अन्तकृया सम्पन्न</span>

विराटनगर। विराटनगरमा दिगो विकास तथा शान्ति यात्रा संस्थाद्वारा ूजेन जी आन्दोलन र भविष्यको दिशाबोध विषयक अन्तकृया सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख वक्ता अनुसन्धानविद् तथा लेखक र विश्लेषक डा। दिपक चौधरीले जेन जी आन्दोलनका कारण र यसको भविष्यगत प्रभावबारे मौखिक प्रस्तुति दिनुभयो ।

डा. चौधरीका अनुसार आन्दोलनको मूल कारण बेरोजगारी, कुशासन र तत्कालीन नेतृत्वको व्यक्तिगत स्वार्थ तथा गुटबन्दी थियो । सामाजिक सञ्जाल बन्द गर्ने निर्णय मात्र एउटा कारक भए पनि मुख्य समस्याहरु सम्बोधन गर्न सरकार असफल भएकोले जनतामा निराशा चुलिएको उहाँको भनाइ थियो । उहाँले आन्दोलनले नयाँ राजनीतिक परिवेश निर्माण गरेको भए पनि केही अराजक तत्वद्वारा सार्वजनिक सम्पत्ति तोडफोड हुनु निन्दनीय भएको बताउनुभयो ।


भविष्यको दिशाबोधका रुपमा उहाँले पारदर्शिता, जवाफदेहिता, इ–गभर्नेन्स, सीपमूलक शिक्षा, रोजगारी सिर्जना, सहज सेवा प्रवाह, आर्थिक पारदर्शिता र राजनीतिक सुधारलाई अत्यावश्यक ठहर गर्नुभयो । साथै प्रत्यक्ष कार्यकारी प्रणालीतर्फ जानुपर्ने, दलभित्र नेतृत्वको सही चयन आवश्यक हुने र निर्वाचन प्रणालीलाई प्रविधिमैत्री बनाउनु पर्ने सुझाव दिनुभयो ।

उक्त कार्यक्रममा वरिष्ठ चिकित्सक डा. एसएन झा, संस्कृतिविद् डा.बाबुराम तिम्सिना, महेन्द्र मोरंग क्याम्पसका पूर्व प्रमुख डा.सरोज चौधरी, अनुसन्धानकर्मी तथा संयोजक सन्दिप चौधरी, उद्यमशील सन्जय देव र युवा अभियन्ता बिक्रम देवले पनि राजनीतिक तथा नेतृत्व सुधारमा जोड दिँदै टिप्पणी गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्