विराटनगर । विराटनगर–१६ बर्माटोलस्थित तालिम केन्द्र अगाडिको वस्तीमा लामो समयदेखि थुपारिएको फोहोरको डंगुरले स्थानीयवासीले दैनिक सास्ती खेप्दै आएका छन् । फोहोर समयमै नउठ्दा दुर्गन्ध फैलिएको र वरिपरि मक्खी, मच्छर तथा सरुवा रोग फैलने डर बढेको स्थानीयले गुनासो गरेका छन् ।

स्थानिय पन्ची मण्डलका अनुसार फोहोरको डंगुरको गन्धले खाना खान पनि ग्राहे हुने गरेको छ । यहाँको टोलबासीलाई खान ,बस्न र हिडडुल गर्न निकै समस्या हुदै आएको मण्डलले गुनासो गरिन् । अर्का स्थानियवासी शिवकुमार मण्डलले पटक–पटक वडा कार्यालयमा जानकारी गराउँदा पनि अहिलेसम्म स्थायी समाधान गराउन नसकेको गुनासो गरे ।

सडक भरी नै फालिएका फोहोरको कारण बालबालिका र वृद्धवृद्धालाई श्वासप्रश्वास सम्बन्धी समस्या देखिन थालेको स्थानियवासीको गुनासो छ । हिजो अस्तीसम्म त फोहोर मात्र फाल्थे अहिले त मरेको कुकुर, विरालो फाल्ने गरेको स्थानिय अर्चना अर्यालले बताईन् ।

सो क्षेत्रको फोहोर जन्य वस्तु फोहोज सरगरमाथा मल्टि सर्भिसजले संकलन गर्दै आएको छ । सरगरमाथा मल्टि सर्भिसजका संचालक धनबहादुर लामाका अनुसार स्थानियवासीको गुनासो आएपछि हाम्रा कर्मचारीले मरेको कुकुरलाई अन्यन्त्र लगेर गाड्ने काम भईसकेको जानकारी दिए । त्यहाँ थुपारिएको फोहोर वस्तु स्थानियवासीले नै फाल्ने गरेको लामाले सुनाए ।

फोहोर व्यावस्थापनको लागि स्थानियवासी एक जुट भएर लाग्नुपर्ने बताए । स्थानियवासी फोहोर संकलनको लागि सदस्यता भए यो समस्या नआउने पनि उने जिकिर गरे । यता वडा नं १६ का प्रतिनिधिहरूले भने फोहोर व्यवस्थापनका लागि प्रयास भइरहेको र छिट्टै सो क्षेत्र सरसफाइ अभियानमार्फत सफा गरिने बताएका छन् ।