विराटनगर । असोज १७ गतदेखि २० गतेसम्म परेको अबिरल वर्षापछि पहिरोका कारण घरबिहीन इलामका नागरिकका लागि विराटनगरका उद्योगीले राहत उपलब्ध गराएका छन् ।
उद्योग संगठन मोरङले तत्काल अस्थायी घर व्यवस्थापनका लागि बाढी तथा पहिरो पीडितलाई राहत उपलब्ध गराएको हो । संगठनका महाप्रवन्धक चुडामणी भट्टराईले नेपाल उद्योग वाणिज्य महासंघ इलाममार्फत पीडितसम्म राहत पठाइएको जानकारी दिएका छन् ।
उनका अनुसार संगठनले एकसय थान त्रिपाल, एकसय थान ब्लाङ्केट, एकसय साथ स्यान्डल, एकसय थान रबरको म्याट र अर्को कालो मेट्रेस छ रोल उपलब्ध गराइएको जानकारी दिएका छन् ।
गत शुक्रबार उद्योग संगठनका महाप्रवन्धक भट्टराई र सिर्जन प्याकुरेलको टोलिले राहत सामाग्री इलामको माइखोलासम्म लगेर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौडेललाई हस्तान्तरण गरेको थियो । राहत सामाग्री वाणिज्य संघ इलामले आइतबारदेखि वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।