विराटनगर । भारतबाट अवैध भित्र्याउँदै गरेको सात हजार फूलको माला बोकेको पिकअप गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । भारतमा फर्मालिन प्रयोग गरिएका सयपत्री फूलका माला बोकेको पिकअप गाडीलाई विराटनगर बरगाछीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले सुनसरीको देवानगञ्ज गाउँपालिका २ का सतनारायण यादव चालक रहेको को २ च १६३४ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा तिहारलाई लक्षित गरेर भित्र्याइएको फूलको माला फेला पारेको थियो । गाडीमा रहेको माला एकलाख २० हजार मूल्य बराबरको रहेको थियो ।
त्यसैगरी ७० केजी बन्डेड तार समेत गाडीमा फेला पारेर त्यसको भन्सार बुझाएको बिल तथा अन्य कागजात माग्दा चालकले दिन सकेका थिएनन् । मोरङ प्रहरीका प्रवक्ता कोपिला चुँडालले नियन्त्रणमा लिइएको गाडी तथा सामान थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।