विराटनगर । विराटनगरमा भारतबाट अवैध भित्र्याइएको नौलाख ५७ हजार बराबरको लत्ताकपडा प्रहरीले बरामद गर्दा यसको धनी भने फरार भएको जनाएको छ । प्रहरीले सोमबार बिहान विराटनगर ७ बाट यति ठूलो परिमाणमा लत्ताकपडा बरामद गरेको हो । लत्ता कपडासँगै ५४ हजार मूल्य बराबरको किरानाका सामान समेत बरामद गरेको छ ।
नियमित चेकजाँचका क्रममा कपडा बरामद गरिएको भनिएपनि कहाँ र कस्तो अवस्थामा रहेको भनेर उल्लेख गरेको छैन । ल्याउँदै गरेको अवस्थामा रहेको भए कुन सवारी प्रयोग गरिएको समेत खुलाइएको छैन । नियन्त्रणमा लिइएको सामाग्री आवश्यक कारवाहीका लागि भन्सार बुझाइएको जानकारी दिइएको छ ।