आज संसार २०१७ मा अवस्थित छ, जबकी हामि नेपाली २०७३ सालमा छौ । सम्बतको हिसाबले हामि संसारभन्दा झन्डै ५६–५७ बर्ष अगाढी छौ, तर विकासको दृष्टिकोणले हेर्ने हो भने हामि सदियौ पछि परेका छौ । २४१ बर्षअधि जतिबेला अमेरिका स्वतन्त्र भएको थिएन, त्यसबेला हामीले पाटनको कृस्ण मन्दिर र बसन्तपुरको हनुमान ढोका बनाइसकेका थियौ । तर आज त्यसको झ्याल–ढोकाको चुकुलसम्म फेर्न बिदेशी सहयोगको मुख ताक्नु पर्ने अवस्था छ ।
सम्भावनाको दृष्टिकोणले हामि कुनै देशभन्दा कम छैनौ । हामि संसारको उत्रिस्ट पर्यटकीय गन्तव्य मद्धेमा पर्छौ । संसारको १० वटा अग्ला हिमाल मद्धे कम्तिमा ७ वटा नेपालमै पर्छन । जाति, भाषा, भेसभूसा, धर्म र संस्कारमा हामिले संसारलाई पस्कनसक्ने कुरा धेरै छन् । जलस्रोत र भौगोलिक बिभिततामा हामि निकै नै धनि छौ । संसारलाई बौधधर्म हाम्रै समाजको देन हो । यतिका धेरै सम्भावना हुदा–हुदैपनि किन हामि नेपाली गरिबी र अभाबको दलदलमा पिल्सिएर बाच्न बध्य छौ ?
आज अधिकांश हामि नेपालीहरुलाई एउटा अन्डा र एक ग्लास दुध समेत बिलासिताको बिषय हुन पुगेको छ । देशमा अवसर नभएको कारण दैनिक झन्डै १५०० नेपाली युवाहरु विदेशको माटोमा पसिना सिच्न बाध्य छन्, तिनीहरुमद्धे कसैको हरेक दिन झन्डै ३–४ वटा लास बाकसमा बन्द भएर नेपाल भित्रिने गर्दछ । आज हाम्रो स्तर यतिसम्म खस्किएको छ कि बिकसित देशहरुले हामि नेपालीहरुलाई भिसा समेत पत्याउन गार्हो मान्दछन् ।
देश सानो हुने बित्तिकै गरिब हुदैन । सिंगापुर, दक्षिण कोरिया, स्विजरल्याण्ड नेपाल आदि देशहरु नेपालभन्दा धेरै साना छन्, तरपनि आर्थिक रुपमा उनीहरु हामिभन्दा समृद्ध छन् । जनसंख्या धेरै भएर देश गरिब हुन्छ भन्ने मान्यतालाई चिन, भारत, कोरिया, जापान र अमेरिकाले गलत साबित गरिदिएका छन् । सिक्षित हुने बित्तिकै देश धनि हुन्छ भन्नेपनि छैन, क्युबाका जनता अमेरिकी जनताभन्दा सिक्षित भएपनि उनीहरुभन्दा धनि छैनन् । देश भुपरिबेस्थित हुनेबित्तिकै गरिब हुन्छ भन्ने हामिमद्धे धेरैको मान्यता छ, जुनकुरा लेचिस्टाइन, लक्जम्बर्ग, स्विजरल्याण्ड र अस्ट्रिया आदिजस्ता देशहरुको उदाहरणले गलत सिद्ध गर्दछ । साथै समुन्द्री नाकासंग जोडिने बित्तिकै देश धनि हुनेपनि होइन । कंगो, सोमालिया, बंगलादेश र पाकिस्तानको उदाहरणबाट यो कुरा स्पस्ट हुन्छ । खनिज तथा कच्चा स्रोत–साधनको कमीले देश गरिब हुन्छ भन्ने मान्यतालाइ जापान, दक्षीण कोरिया, इटाली, हंगकंग, सिंगापुर, ताइवान, बेल्जियम र स्विजरल्याण्डको उदाहरणले गलत सिद्ध गर्दछन् । कृषिको विकासबाट मात्रै हाम्रो विकास सम्भब छ भन्ने ७०∞ कृषि पेशा अंगालेरपनि खान हम्मे–हम्मे पर्ने हामि नेपालीहरुको सोचलाइ बेलायत, क्यानाडा र अस्ट्रेलियाको उदाहरणले गलत सिद्ध गर्दछ जहाँ केवल २–३∞ मानिसहरु मात्र कृषि पेसामा आबद्द छन् । राजनीतिक व्यवस्थाले देशको समृद्धिमा फरक पार्छ भन्ने मान्यता हामि धेरैको छ । कतार बहराइन, बु्रनाई, ओमान र साउदी अरेबियामा अझैपनि कठोर सासन व्यवस्था छ । बेलायत, बेल्जियम, डेनमार्क, जापान, नर्वे, स्पेन आदि देशमा अझैपनि संबैधानिक राजतन्त्रको व्यवस्था कायम छ । चिन र सिंगापुरमा अझैपनि राजनैतिक स्वतन्त्रता नभएपनि यी देशहरुले प्रयाप्त बिकास गर्न सकेकाछन् । जबकी नेपाल, हैटी, उगांडा, मालीजस्ता देशहरुमा प्रजन्त्रितिक व्यवस्था छ र पनि यी देशहरु आर्थिक बिकासको पक्षमा धेरै नै पछाडी परेका छन् । यी सबै उधाहरणहरुले अधिकांस हामि नेपालीहरुको सोचाइलाइ पक्कैपनि चुनौती प्रदान गरि फरक तरिकाले सोच्न प्रेरित गर्दछ । उत्तर र दक्षिण कोरिया एउटा देशबाट छुट्टिएका दुइ देश हुन्, उनीहरुको भाषा, रहन–सहन, धर्म–संस्कार उस्तै–उस्तै छन् तर दक्षिण कोरिया अति समृद्ध छ भने उत्तर कोरिया आर्थिक रुपमा निकै पछि परेको छ, किन ? मात्र ४० बर्ष अधिसम्म चिन, भारत, सिंगापूर, मलेसिया, कोरिया, ताइवान जस्ता देशहरु चरम गरिबीको अवस्थामा थिए । तर आज उनीहरु छोटो समयमा नै समृद्धिको बाटो तर्फ अग्रसर हुदैछन् । दोस्रो बिस्वयुद्धको ताका युरोप र जापान तहस–नहस भएका थिए, तर कसरि आज उनीहरु संसारको सबैभन्दा समृद्ध मुलुक हुनपुगे ?
आज बिकसित देशहरु त्यसै समृद्ध भएका होइनन्, उनीहरु यसकारण सफल हुनसके किनकि उनीहरुले आर्थिक उन्नतिको निम्ति चाहिने आधारहरु तयार गर्न सफल भए । उनीहरुले राजनीति स्थाइत्व र जनताप्रति जबाफदेही सरकार स्थापित गरे । कानुनि सासनलाइ बढावा दिए, जसले सुसासनलाई सुनिस्चित गरि भ्रस्टाचार र दण्डहीनतालाइ न्यूनीकरण गर्यो । झन्झटिलो प्रसासनिकतन्त्रलाइ सहज बनाए, सम्पतिमाथिको अधिकारलाइ सुनिस्चित गरे । व्यापार र नाफालाई हेर्ने दृष्टिकोणप्रति सकारात्मकता अपनाए । ब्यापार र उधमशिलता विकासको निम्ति भौतिक संरचना निर्माणमा ध्यान दिई लागानीको बाताबरण तयार गरे । खुल्ला बजार नीति अवलम्बन गरि उत्पादन र ब्यापारलाइ बढावा दिए, जसले धेरैभन्दा धेरै रोजगारी सिर्जना गरि आर्थिक प्रगतिको बाटो पहल्याउँन सफल भए । तर नेपालमा यी सब कुराको स्थिति निकै दयनीय छ । नेपाल गरिब छ किनकि हामीले राजनीतिक स्थाइत्व कायम गर्न सकेनौ । बिगत २७ बर्षमा हामीले २५ पटक सरकार फेरीसक्यौ । विधिको सासनभन्दा व्यक्तिको सासन हाबी छ, पहुच हुने र संगठित रुपमा जसले जे गर्दनी हुन्छ । जो कोहिले जुनसुकै बहानामा जतिबेलापनी बन्द हड्तालको आयोजना गरि नागरिकहरुको जिउ–धन र ब्याक्तिगत स्वतन्त्रतामाथि प्रहार गर्नसक्छ । हामीले नागरिकहरुको सम्पतिमाथिको अधिकारको रक्षा गर्नेतर्फ ध्यान पुर्याउन सकेनौ । कतिखेर कसले कसको जग्गामा झन्डा गाड्छ, वा राज्यले कतिखेर बाटो बढाउनको निम्ति डोजर लिएर घर फोड्न आइपुग्छ थाहा छैन । हामीले भौतिक संरचनाको बिकास गर्न सकेनौ । अमेरिका र चीनमा बनेको एप्पल फोन भोलिपल्ट नेपाल भित्रिन सक्छ तर अझैपनि हामीले जुम्ला र मुस्तांगको स्याउ नेपाली बजारमा ल्याउन सकेका छैनौ । हामि यसकारण गरिब छौ किनकि हामीले लगानीको उचित बाताबरण तयार गर्न सकेनौ । म्यष्लन द्यगकष्लभकक को रिपोर्ट अनुसार नेपाल लगानी र ब्यापार गर्नको निम्ति उचित गन्तब्य होइन । झन्झटिलो प्रसासनिकतन्त्रको जालोले गरिखाने नागरिकहरुलाई हरेक कदममा निरुत्साहित गर्दछ । भ्रस्टचारको मामिलामा नेपाल १७६ देशमद्धे १३१ स्थानमा पर्छ । उधम र व्यापारलाई हेर्ने हाम्रो दृष्टिकोण त्यति सकारात्मक छैन, नाफा अनैतिक हो भन्ने मान्यता राख्ने हाम्रो समाजमा अझैपनि धेरै छन् ।
जबसम्म हामि उधम र ब्यापारलाइ हेर्ने दृष्टिकोणमा सकारात्मकता अपनाउदैनौ, राजनीतिक स्थाइत्व, बिधिको सासन, शान्ति–शुव्यवस्था, भौतिक संरचनाको विकास, नागरिकहरुको जीउधनको सुरक्षा, लगानीको उचित बाताबरण, र छिटो–छरितो प्रसासनतन्त्रको प्रत्याभूति गराउदैनौ, तबसम्म हामीले समृद्धिको परिकल्पना गर्नु दिवासपना मात्र हुनेछ । सम्रिधि र गरिबी दुवै हासिल गर्न सकिने कुरा हुन्, दुबैकुरा प्राप्त गर्ने आ–आफ्नै बिज्ञान हुन्छन् । यदि हामि नेपालीहरु हाल गरिबीको स्थितिबाट सम्रिधि तर्फ अग्रसर हुन चाहन्छौ भने बिकसित देशहरुले अपनाएका आर्थिक उन्नतिका आधारहरु तयार गरि माथि उल्लेखित समस्याहरुलाइ निराकरण नगरी धर छैन ।
नेपाल किन गरिब छ ? शिर्षकमा विकल्पले तयार पारेकाे भिडियाे: