सिडीओमा यादव आएपछि मोरङको कार्यसम्पादनमा सुधार, ५८ औं स्थानबाट देशभरमा सातौं

<span class='c1'>सिडीओमा यादव आएपछि मोरङको कार्यसम्पादनमा सुधार,</span> <span class='c2'>५८ औं स्थानबाट देशभरमा सातौं</span>

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङको कार्यसम्पादनमा सुधार भएको छ । गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय मोरङ सातौंमा परेको हो ।
आर्थिक वर्ष २०८१–८२ को चौथो त्रैमासिक ( वैशाख–असार) अवधिको मन्त्रालयले मंगलबार सार्वजनिक गरेको नतिजामा जिल्ला प्रशासन कार्यालय मोरङ २९.२५ अंक प्राप्त गरेको छ ।

मोरङको प्रमुख जिल्ला अधिकारीमा अहिले सहसचिव इन्द्रदेव यादव छन् । गत पुस २३ गते सरुवा भएर मोरङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका यादव आएसँगै यसका सुधार भएको हो ।यसअघि मोरङ ५८ औं नम्वरमा रहेको थियो ।

शान्तिसुरक्षा, विपद् व्यवस्थापन, समन्वय, सेवा प्रवाह लगायतका सूचकका आधारमा गृह मन्त्रालयले मूल्यांकन हुन्छ । कोशी प्रदेशको धनकुटा जिल्ला कार्यसम्पादनमा पहिलो भएको छ । उसले ३२ पूर्णाङ्कमा ३०.०६२ प्रतिशत प्राप्त गरेको छ । धनकुटा पहिलो हुँदा कोशी प्रदेशकै पाँचथर जिल्ला कार्यसम्पादनमा कमजोर हुँदै ७७ औं नम्वरमा पुगेको छ । उसले १४.३१ प्रतिशत प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्