विराटनगर । आगामी असोज ३१ गते शुक्रबार साँझ विराटनगरको जैन भवनमा हुन लागेको चौथो संस्करणको ‘विराटनगर म्युजिक फेष्टिभल’को तयारी धमाधम भईरहेको छ ।

कार्यक्रमका संयोजक सेन्ट्रो महतका अनुसार लाईभ इन्टरटेन्मेन्टको आयोजनामा हुने यो म्युजिक फेष्टिभलका लागि विशेष साँगितिक प्रस्तुतिको स्टेज निर्माण, साउण्ड सिस्टम र लाईटिङको तयारी तिव्र रुपमा जारी छ । महतका भनाइअनुसार दर्शकको उत्साहका कारण विराटनगरका ११ स्थानमा टिकट बिक्री लागि राखिएको छ ।

यसपटकको फेष्टिभलमा युवा पुस्तामा निकै नै चर्चित मानिएका स्वर व्याण्ड, पुर्ण राई एण्ड दाजुभाई , सुभम एण्ड व्याण्ड र स्मृति व्याण्डको पनि विशेष प्रस्तुतीसँगै सम्मान कार्यक्रम रहेको छ । विराटनगरमा हरेक वर्ष आयोजना हुँदै आएको यो म्युजिक फेष्टिभललाई यसपटक अझ व्यवस्थित र आकर्षक बनाउने तयारी आयोजक टिमले गरेको जनाएको छ ।
