प्रेम देवान
विराटनगर । विराटनगरको जैन भवनमा आज साँझ संगीत पाखरीहरुको लागि साँगीतिक साँझको माहोल तातिदैछ । लाइभ इन्टरटेन्टमेन्टको आयोजनामा दीपावलीको शुभ अवसर पारेर चौथो संस्करणको ‘विराटनगर म्यूजिक फेस्टिभल’ हुदैछ ।
यसैविच कार्यक्रमलाई भव्य र सव्य बनाउनको निम्ती महिनादेखी थालिएको तयारीका कामहरु सम्पुर्ण पुरा भएको आयोजकले जनाएको छ । धरानबाट ल्याएको अन्तराष्ट्रिय स्तरको साउण्ड सिस्टम, लाईट र स्कृनको सुन्दर साउण्ड सिस्टमको बिहीबार साँझ परिक्षण गरिएको छ ।

कार्यक्रमका व्यवस्थापक तथा संयोजक सन्तोष महत (स्यान्ट्रो) का अनुसार यस पटकको फेस्टिभल विगतका संस्करणभन्दा अझ भव्य र सव्य बनाईने छ । आजसाँझ हुने साँगीतिक माहोलको सम्पुर्ण तयारी पुरा भएको महतले जानकारी दिए । आज साँझ युवा पुस्तामाझ अत्यन्तै लोकप्रिय गायक तथा ब्यान्ड ‘स्वर’ र ‘पूर्ण राइ एण्ड दाजुभाइ’ विराटनगरको स्मृति व्याण्ड , शुभम एण्ड व्याण्डको मुख्य आकर्षणको रुपमा रहनेछ ।

यसैविच विराटनगरको गौरव, ‘द स्मृति ब्याण्ड’ आफ्नो सांगीतिक यात्राको २५ औं वर्षगाँठ मनाइरहेको अवसरमा ब्याण्डले विशेष प्रस्तुतिसँगै ब्याण्डलाई सम्मान कार्यक्रम रहेको छ ।

साथै कार्यक्रममा सहभागी दर्शकहरुलाई मनोरन्जन प्रदान गर्न विराटनगरका स्थानीय डान्स क्लबहरूले पनि आफ्नो नृत्य कला प्रस्तुत गर्नेछन् जसले कार्यक्रममा स्थानीय प्रतिभालाई पनि प्रोत्साहन मिल्नेछ । अन्तर्राष्ट्रिय स्तरको आधुनिक साउण्ड सिस्टमहरुको व्यवस्था सहित आजसाँझ विराटनगरका संगीतप्रेमिहरुले निर्धक्क भएर मनपर्ने कलाकारहरुको संगीतको मज्जा लिनेछन् । आजको यो साँगितिक साँझले संगीत, संस्कृति र मनोरञ्जनको यो त्रिवेणीले विराटनगरको दीपावलीलाई थप उल्लासमय बनाउने अपेक्षा गरिएको छ ।
