विराट मेडिकल कलेजका नर्सहरु आन्दोलनमा, अस्पतालमा सेवा ठप्प

<span class='c1'>विराट मेडिकल कलेजका नर्सहरु</span> <span class='c2'>आन्दोलनमा, अस्पतालमा सेवा ठप्प</span>

विराटनगर, कार्तिक १ , विराट मेडिकल कलेज टिचिङ हस्पिटलका नर्सहरु लगायत स्वास्थ्यकर्मीहरूले सरकारले घोषणा गरेको न्यूनतम तलब नपाएको भन्दै आज बिहानदेखि आन्दोलन सुरु गरेका छन्।

आन्दोलनरत नर्सहरूले सरकारले तोकेको दररेटअनुसारको तलब उपलब्ध गराउन माग गर्दै अस्पताल प्रशासनलाई दबाब दिएका छन्। उनीहरूले चेतावनी दिँदै भनेका छन्, “सरकारकै निर्देशन अनुसार तलब दिनुपर्छ, अन्यथा आन्दोलनलाई अझ कडा बनाइनेछ।”

यसैबीच, अस्पताल प्रशासनले भने आफूहरूले सकेसम्म तलब सुविधा प्रदान गरिरहेको र सरकारसँग बार्ताका लागि तयार रहेको जनाएको छ।
अस्पतालका प्रमुख कार्यकारी डेनिस कार्कीका अनुसार, “अस्पतालले आफ्ना स्रोत र साधनअनुसार तलब दिएको हो। समस्या समाधानका लागि सरकारसँग छलफल गर्न तयार छौं।”

नर्सहरूको आन्दोलनका कारण अहिले अस्पतालको नियमित सेवा प्रभावित बनेको छ। विशेषगरी नयाँ बिरामी भर्ना प्रक्रिया रोकिएको र आपतकालीन सेवा पनि सञ्चालनमा गाह्रो रहेको अस्पताल स्रोतले जनाएको छ।

सामान्य नागरिक र बिरामीका आफन्तहरूले स्वास्थ्य सेवा ठप्प हुँदा गुनासो व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्