प्रेम देवान
विराटनगर । ३१ गते शुक्रबार, असोज महिनाको अन्तिम दिन । साँझ पर्दै जादै थियो । त्यही क्रममा विस्तारै विस्तारै विराटनगरको जैन भवन वरपर अधिकास जेनजी युवाहरुको भीड विस्तारै बढ्दै जादै थियो । उता जैन भवनको प्राङ्खगणमा अलि अलि संगीतको धुनहरु पनि बज्दै थियो । अन्तर्राष्ट्रिय स्तरको धरानको सुन्दर साउण्ड स्ष्टिममा व्यावस्थापनमा साउण्ड र लाईट्सले झन आर्कषणमा सजिएको थियो ।

यता मुख्य प्रवेशद्धारमा भने बाउन्सर , सेक्रेटी गार्डहरु तैनाथ रुपमा खटिरहेका थिए । जब साँझको ५ बज्न लाग्यो अनि मुख्य प्रवेशद्धार पनि आम दर्शकको लागि खुला गरियो । त्यहाँको त्यो बाताबरण थियो अहिलेका युवा माझ निकै लोकप्रिय मानिएका दुई वटा व्याण्ड स्वर र पुर्ण राई एण्ड दाजुभाईको । विराटनगरको दिनभरीको गर्मी त्यो माथी निकै नै हट – हट अवतारमा सहभागी अधिकाश किशोर पुस्ता ।

अन्य बेला फर्मल पोसाकमा देखिएता पनि हिजोको दिनमा भने निकै हट पोसाकमा सजिएर आएका किशोर किशोरीहरुको एक अर्कामा त भन्दा म के कम देखिन्थे । जैन भवनको बाहिर राखिएको टिकट काउण्टरमा आफुले काटेको टिकट देखाउदै हातमा बेण्ड बाधेर बाउन्सरलाई देखाउदै कार्यक्रम स्थलमा प्रवेश गरिरहेका थिए उनीहरु । कार्यक्रम थियो ‘चौथो सस्करणको विराटनगर म्युजिक फेष्टिभल २०८२’ । यो कार्यक्रम तय झण्ड ६ महिना अगाडी नै भएको थियो ।

कोशी प्रदेशको राजधानी विराटनगरलाई मनोरञ्जनको झझल्को दिनको लागि लाईभ ईन्टरटेडमेन्टले हरेक बर्ष विराटनगरमा साँगीतिक कार्यक्रम गर्दै आएको छ । यसैक्रममा यसपटक पनि म्युजिक फेष्टिभललाई निन्तरता दिएको थियो । यसपटक भने विगतको कार्यक्रम भन्दा अझ व्यापक तरिकाले गर्ने अठोट सहित अगाडी बढेको थियो ।

यसैक्रममा यसपटक निकै नै चर्चित स्वर व्याण्ड र पुर्ण राई एण्ड दाजुभाईको साथमा विराटनगरमा रहेको स्मृती व्याण्ड र शुभम एण्ड व्याण्डको प्रस्तुति रहेको थियो । काठमान्डौबाट आएकी कार्यक्रम होष्ट अनु मानन्धरले शुक्रबार साँझ ६ बजेपछि कार्यक्रमलाई अगाडी बढाईन् । कार्यक्रमको सुरुवातमा विराटनगरको स्मृती व्याण्ड र शुभम एण्ड व्याण्डको प्रस्तुती पछि बल्ल दर्शकहरुको पर्खाई मेटिन पुग्यो ।

लामो समय सम्म धैर्य गरेर बसेका विराटनगरका संगीतपारखीहरुको भरोसा पुर्ण राई र स्वर व्याण्डले मेटाईदियो । जव पुर्ण राई स्टेज चढे दर्शकदिर्घाबाट हुटिङ र तालि बर्षियो । पुर्ण राईले आफ्नो मिठा मिठा प्रस्तुति दिइहँदा उनका डाईहर्ट फ्यानहरुले आई लव यु का शब्दहरु प्रहार गरिरहेका थिए । त्यति मात्र हैन पुर्ण राईलाई अधिकास किशोरीहरुले आई लव युसँगै फ्लाईङ्ख किस पनि दिईरहेका थिए ।

पुर्ण राईले गीत गाईरहँदा उनलाई साथ नदिने कमै थिए होला । किनकी अधिकास उनीहरुको गीतको मज्जासँगै आफुले मनपराएका कलाकारहरुलाई प्रत्यक्ष देख्न सकिने भएका कारण पनि आ आफ्नो मोवाईलमा भिडियो र फोटोहरु कैद गरिहेको देख्न सकिन्थ्यो ।

पुर्ण राईको प्रस्तुति पस्चात स्वर व्याण्डले पनि विराटनगरका दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरे । उनको कार्यक्रम हेर्नको लागि विराटनगरबाट मात्रै नभएर धरान र ईटहरीबाट पनि दर्शकहरु आएका थिए । स्वर व्याण्डका भोकलिष्ट स्वप्निल शर्माले अधिकास मायाका शब्दहरु वाचन गर्दै आफ्नो प्रस्तुती दिईहँदा उनलाई पनि दर्शकहरुबाट आई लव यु का शब्दहरु बर्षिरहेका थिए ।

आयोजकको दावी अनुसार जैन भवनको प्राङ्खगण भरिभराउ रहेका कारण झण्डै ५ हजार बढी दर्शकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुख तथा युवा अभियान्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा स्मृति व्याण्डलाई विशेष सम्मान पनि गरिहएको थियो ।

राती १० बजे सम्पन्न भएको कार्यक्रमलाई लाईभ ईन्टरटेडमेन्टका संयोजक सेन्ट्रो महतले सबै आमदर्शक , कलाकार , कार्यक्रमको मुख्य प्रायोजक सह प्रायोजक र सहयोगीहरुलाई धन्यवाद प्रकट गर्दै आगामी दिनमा अझ भव्य रुपमा गर्ने प्रतिवद्धता जनाए । यस कार्यक्रमको अनलाईन मिडिया पार्टनरको रुपमा आवर विराटनगर रहेको थियो ।


