विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा कार्यरत नर्सहरुले न्यूनतम सेवा सुविधा बृद्धि गर्नुपर्ने माग गर्दै अस्पताल प्रशासन अगाडी धर्ना दिइरहेका छन् । सरकारी अस्पतालमा नर्सको न्यूनतम तलब ३४ हजार ७३० रहेको छ । उक्त तलबदेखि असन्तुष्टि प्रकट गर्दै सरकारी तथा निजी अस्पतालमा कार्यरत हजारौँ नर्स पलायन भइरहेका छन् ।
शनिबार विराट टिचिङ अस्पतालमा नर्सहरु आन्दोलनमा उत्रिएका थिए । आइतबार नोबेलमा कार्यरत नर्सहरु नियमित ड्युटी समयमा आन्दोलनमा उत्रिएका हुन् । नोबेलको प्रशासन अगाडी धर्नामा बसेका उनीहरुसँग वार्तामा आउन आह्वान समेत गरिएको छ । उनीहरुले सेवा सुविधा बृद्धि गर्नुपर्ने माग गरेका छन् । अस्पताल प्रशासनले आफ्ना माग सम्बोधन गर्नुपर्ने उनीहरु बताउँछन् ।


