विराटनगर । नेपालमा अप्टोमेट्रिक (आँखा विशेषज्ञ) अध्ययन सकाएर नेपाल हेल्थ प्रोफेसनल काउन्सिल परीक्षा उत्तिर्ण गर्नुपर्ने हुन्छ । काउन्सिलको परीक्षापछि मात्रै अध्ययन सकाएकाहरुले वैधानिकता पाउँछन् । बिरामीको उपचार गर्नेदेखि रोजगारीका लागि आधिकारिता प्राप्त गर्दछन् ।
तर, काउन्सिलले लिदैं आएको परीक्षामा भने विषयगत क्षेत्रका प्रश्नहरु तयार पार्दा गम्भीर त्रुटी गरेर परीक्षार्थीलाई जानाजान अनुत्तिर्ण गराउने गरिएको भन्दै विरोध सुरु भएको छ । परीक्षाका लागि ३ हजार शुल्क बुझाएर परीक्षार्थीले प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । प्रक्रियागत परीक्षा प्रणाली अनुसार बनाइने प्रश्नपत्रमा त्रुटी हुने गर्दा परीक्षार्थी अनुत्तिर्ण हुनुपर्ने स्थिति सिर्जना भएको हो ।
काउन्सिलले तयार पार्ने प्रश्नहरुको उत्तरमा जुन सहि हो, त्यो अप्सन नै राखिदैन, भारतबाट ब्याचलर अफ अप्ट्रोमेट्रिक सकाएर परीक्षामा सहभागी प्रिती रौनियारले भनिन–विश्वको सर्वोच्च शिखर कुन हो ? भनेर प्रश्न बनाएपछि सगरमाथा भन्ने सहि उत्तरको अप्सन त हुनुपर्छ होला नी । रौनियारले बारम्बार परीक्षार्थी अनुत्तिर्ण बनाउने र काउन्सिलले परीक्षा चाँहि गराईरहने तरिका लिएको छ । उनका अनुसार पहिला तीन महिनामा हुने परीक्षा अहिले ढेड महिनामा नै गर्न थालिएको छ । जसको मतलव परीक्षार्थीबाट शुल्क असुल्ने मात्रै बनेको छ ।

गतवर्ष परीक्षा दिएकामध्ये चारजना मात्रै उत्तिर्ण भएका थिए । यस पटक भने ८९ जना परीक्षार्थीमा शतप्रतिशत अनुत्तिर्ण भएपछि काउन्सिलको परीक्षा प्रणाली, प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणमा गम्भीर लापवाही भएको भन्दै विरोध सुरु भएको छ । अहिले देशभरका परीक्षार्थीले यसको पारदर्शितामाथि प्रश्न उठाएका छन् । रौनियारका अनुसार अप्टोमेट्रिक अध्ययन गर्ने विद्यार्थीहरुको छाता संस्था नेप्लिज एशोसिएसन अफ अप्टोमेट्रिक रहेको बताइन् । यसका अध्यक्ष निरजध्वज जोशी रहेका छन् । विद्यार्थीहरुले अध्यक्ष जोशीसँग यस विषयमा शनिबार चासो राख्न माग गर्दै छलफल चलाएका थिए । तर, निष्कर्ष निस्कन भने सकेको छैन ।
नेपाल हेल्थ प्रोफेसनल काउन्सिलले लिने परीक्षा प्रणालीमा सुधार गर्नुपर्ने आवाज नेप्लिज एशोसिएसन अफ अप्टोमेट्रिकले बोक्नुपर्ने माग विद्यार्थीहरुको छ । तर, त्यो भन्दा पहिला परीक्षा प्रणालीका लागि बनाइने प्रश्नपत्र र उत्तरपुस्तिका परीक्षणमा सुधार गर्नुपर्ने माग गरिएको छ । रौनियारले भनिन् जुनसुकै परीक्षाका लागि तयार पारिएका प्रश्नपत्रहरुमा २५ प्रतिशत कम जानकारी भएका विद्यार्थीले पनि मिलाउन सक्ने, बाँकी ५० प्रतिशत मध्यमस्तरका विद्यार्थीले पनि मिलाउन सक्ने र २५ प्रतिशत प्रश्नहरु उत्कृष्ट वा बढी जानकारी राख्नसक्ने विद्यार्थीले मात्रै मिलाउन सक्ने किसिमको हुनुपर्ने हो । तर, काउन्सिलले जुन सहित उत्तर हो, त्यो अप्सन नै नराखिकन प्रश्नपत्र बनाएर परीक्षार्थीलाई अनुत्तिर्ण बनाउने योजना बनाउँदै आएको छ ।
नेपाल तथा भारतमा पढाई सकाएर आएका विद्यार्थीका लागि काउन्सिलले लिने परीक्षामा बद्मासी भएको गुनासोसँगै उनीहरुले देशभर अभियानकै रुपमा विरोध सुरु गरेका छन् । जसमा परीक्षा प्रणाली सुधारका आवाज उठाइएको छ ।








