विराटनगर । विराटनगरमा आयोजित चौथो संस्करणको ‘विराटनगर म्युजिक फेष्टिभल २०८२’ विगतको भन्दा भव्य र सव्य भएको आयोजको दावी छ । गत शुक्रबार साँझ विराटनगर स्थित जैन भवनमा ५ हजार भन्दा बढी दर्शकहरुको सहभागिता रहेको आयोजकले दावी गरेको छ ।

साथै यसपटक विराटनगरको स्मृति व्याण्डलाई विशेष सम्मान पनि गरेको थियो। स्मृति व्याण्ड स्थापना भएको २५ बर्ष पुगेको अवसरमा आयोजकले सम्मान गरेको हो ।
कार्यक्रमका संयोजक सेन्ट्रो महतले कार्यक्रममा सहभागी सबै दर्शक, कलाकार, सहयोगी र मुख्य प्रायोजक स्ट्रीम ईनर्जी ड्रिङ्खसप्रति धन्यवाद ज्ञापन गर्दै आगामी वर्ष योभन्दा अझै भव्य र उत्कृष्ट रूपमा फेष्टिभल आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार, विराटनगर म्युजिक फेष्टिभललाई सहयोग गर्नुहुने सम्पुर्ण टिम सहित सबै प्रयोजकहरु प्रति विशेष धन्यवाद प्रकट गरे ।

यस्ता कार्यक्रमले युवा पुस्तालाई सकारात्मक मनोरञ्जनतर्फ प्रेरित गर्न महत्वपूर्ण योगदान दिईने भएकाले आगामी दिनमा यो भन्दा फरक किसीमले कार्यक्रम आयोजना गर्ने महतले प्रतिवद्धता जनाए ।
