विराटनगरबाट ८ वर्षीया अफ्रिन खातुन वेपत्ता, अभिभावकले खोजीदिन हारगुहार

<span class='c1'>विराटनगरबाट ८ वर्षीया अफ्रिन खातुन</span> <span class='c2'>वेपत्ता, अभिभावकले खोजीदिन हारगुहार</span>

विराटनगर । विराटनगर–५ स्थित बीएफएम ( bfm) परिसर नजिकबाट एक ८ वर्षीया बालिका विहानैदेखि वेपत्ता भएकी छिन् । स्थानीय अफ्रिन खातुन नामकी ती बालिका आज विहान पाउरोटी किन्न घर नजिकैको पसलतर्फ गएकी थिइन् । त्यसपछि उनी घर फर्किन नसकेकी अभिभावकले जानकारी दिएका छन् ।

अफ्रिन खातुनको परिवारका अनुसार उनी आज बिहान करिब ६ बजेतिर घरबाट निस्केकी थिइन् । तर लामो समयसम्म घर नफर्केपछि परिवारले वरपर खोजतलास गरे पनि पत्ता लाग्न सकेको छैन ।
अफ्रिनका बुबा मो. रमजानीले छोरीको खोजीका लागि प्रहरीसमक्ष निवेदन दिइसकेका छन् र जसले देखे वा जानकारी राख्नेले नजिकको प्रहरी कार्यालय वा ( 9704861426) परिवारको सम्पर्क नम्बर) मा खबर गर्न आग्रह गरेका छन् । वेपत्ता अफ्रिन खातुनको उमेर ८ वर्ष, कालो कपाल र पहेलो भेष्ट र कट्टु र खुट्टामा चप्पल लगाएकी थिइन् ।
स्थानीयबासी र प्रहरी दुवै पक्षले बालिकाको खोजी कार्य तीव्र बनाएको जनाइएको छ । अभिभावकले भावुक हुँदै छोरीलाई सुरक्षित रुपमा पाउन सबैमा सहयोगको हारगुहार गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्