विराटनगर । विराटनगर–१२ र १३ को सिमाना स्थित रानी सिकियाही सैनिक टोलमा मंगलबार साँझ स्थानीय युवाहरूको आयोजनामा एक भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

श्री श्री १०८ श्री लक्ष्मी पुजा समारोह समितिमा आवद्ध युवा समुहले हरेब बर्ष झै यसपटक पनि लक्ष्मी पुजा कार्यक्रम सहित सास्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।
लक्ष्मी पुजा कार्यक्रममा लक्ष्मी भगवनको मुर्ति निर्माण भक्तजनहरुले पुजापाठ गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरूले नृत्य, गीत प्रस्तुति दिएका थिए ।

बालबालिका, युवा तथा वृद्धहरूको उत्साहपूर्ण सहभागिता रहेको कार्यक्रममा स्थानीय संस्कृति जगेर्ना र समुदायबीच आपसी सद्भाव सुदृढ गर्ने उद्देश्य राखिएको थियो । विशेषगरी कार्यक्रममा स्थानिय महिला समुहले झिझिया नृत्य पनि प्रस्तुति दिएका थिए ।

प्रत्येक वर्ष देउसी–भैलो तथा तिहार पर्वको अवसर पारेर सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको र यसपालि पनि सो परम्परा निरन्तरता दिइएको आयोजक कमिटिले जानकारी दिएको छ । कार्यक्रममा झिझिया समुहलाई आयोजकले सम्मान समेत गरेको थियो ।
